४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

समाजवादको नयाँयात्रा सुरु गर्ने अध्यक्ष दाहालको सङ्कल्प

समाजवादको नयाँयात्रा सुरु गर्ने अध्यक्ष दाहालको सङ्कल्प
फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१औँ जनयुद्ध दिवसका अवसरमा र शुभकामना दिँदै जनयुद्धका स्मृति ताजा भएको बताउनुभयो ।

“यसवर्षको जनयुद्ध दिवस मेरो लागि विशेष छ । रुकुम पूर्वमा आएर जनयुद्ध मनाउँदै गर्दा जनयुद्धका ती सबै स्मरण ताजा भएर आएका छन्,” उहाँले भन्नुभयो, “जनयुद्धमा यहाँका जनताको उत्प्रेरणाबाट नै हामीले ऊर्जा पाएका थियौँ ।”

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरिब, महिला तथा आदिवासी जनजातिको योगदान निर्णायक रहेको उल्लेख गर्नुभयो । “यहाँका गरिब, महिला, आदिवासी जनजातिले रगत नबगाएको भए हामी आज समावेशी र समानुपातिक गणतन्त्रमा हुने थिएनौँ,” उहाँले भावुक हुँदै भन्नुभयो, “म यहाँ आउँदा अलिकति भावुक र उल्लेखित भएको छु । जनयुद्धको जस्तै उत्प्रेरणा र नयाँ ऊर्जासहित अब अघि बढ्ने छौँ ।”

संयोजक प्रचण्डले राष्ट्रको वर्तमान परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले २०८४ सालमा गर्ने भनिएको निर्वाचन २०८२ मै गर्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै देश कठिन मोडबाट अगाडि बढेको धारणा राख्नुभयो ।

“यस्तो सङ्कटको घडीमा इतिहासका ती प्रेरणाबाट शिक्षा लिँदै फेरि राष्ट्र र राष्ट्रियताको पक्षमा अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो, “समाजवादको नयाँ यात्रा सुरु गर्ने सङ्कल्पका रूपमा मैले यो अवसरलाई लिएको छु ।”

उहाँले जनयुद्धकालीन सङ्कल्प र दृढतासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने अभियान सञ्चालन गरिने बताउनुभयो ।