• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा आज आरआर र केकेआर भिड्दै, राजस्थानलाई दोस्रो हुने मौका ★   संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी ★   बाघखोरलाई घरबास गाउँ घोषणा ★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा

बङ्गलादेश प्रहरीद्वारा ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद



ढाका । बङ्गलादेश प्रहरीले हबिगञ्ज जिल्लाको सातछारी राष्ट्रिय निकुञ्जबाट ठूलो मात्रामा सैन्य-ग्रेड विष्फोटक र गोला बारुद बरामद गरेको छ । ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार प्रहरीको काउन्टर(टेररिज्म एन्ड ट्रान्सनेशनल क्राइम (CTTC) इकाईले  उक्त विष्फोटक पदार्थ बरामद गरेको हो। 

विशेष अभियानको क्रममा लगभग १५ रकेट-प्रोपेल्ड ग्रेनेड (आरपीजी), मेसिन गनका ५१० राउण्ड गोलाबारुद र २५ वटा बुस्टरहरू (आरपीजी लन्चरहरूमा प्रोपेलिंग चार्जको रूपमा प्रयोग हुने) फेला परेका थिए। त्रिपुरासँगको सिमानाबाट करिब ३–४ किलोमिटर टाढा रहेको ठाउँमा गोलाबारुद फेला परेको हो ।

ढाकाको जात्राबारी इलाकाबाट प्रहरीले आइतबार राति एक युवकलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। उक्त व्यक्ति खागराछरीको पाँचछरी इलाकाका अबेल त्रिपुरा अमित रहेका छन् ।

उनको बयानका आधारमा हामीले सातछरीमा ड्राइभ सञ्चालन गर्ने निर्णय गरेको इकाईका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहम्मद असदुज्जमानले बताएका छन्। (रासस/एएनआई)