१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा चुनावी सुरक्षा अवस्थाबारे प्रधामन्त्रीलाई जानकारी गराइयो



अ+ अ-

भोजपुर। प्रधानमन्त्री सुशीला कार्कीलाई भोजपुरको अवस्थाबारे सुरक्षा निकायले जानकारी गराएका छन् ।

प्रमुख जिल्ला अधिकारी राजन पौडेलसहितको सुरक्षा टोलीले आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र अवस्थाबारे प्रधानमन्त्री कार्कीलाई जानकारी गराएको हो ।

उच्च हिमाली क्षेत्रको अवस्था बुझ्ने क्रममा यहाँ पुग्नुभएका प्रधानमन्त्री कार्कीलाई निर्वाचनका लागि भइरहेको तयारी र अवस्थाबारे अवगत गराइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले शुक्रबारसम्म पूर्वी क्षेत्रका हिमाली जिल्लाको अवस्था बुझ्ने कार्यक्रम रहेको छ । सोलुखुम्बूमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले तोकिएको मितिमा नै एकैचरणमा निर्वाचन हुने बताउनुभयो ।

प्रधानमन्त्री कार्कीसँग प्रमुख जिल्ला अधिकारी पौडेल, जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद दाहाल, चार वटै सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन अधिकारीलगायत टोलीले निर्वाचन र सुरक्षाका विषयमा छलफल गरेको थियो ।  रासस




भर्खरै