१५ असार २०८३, सोमबार
,
Latest
महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश आयुर्वेद चिकित्सालयबाट १६ हजार बढीले लिए सेवा



अ+ अ-

तनहुँ। प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार ६३१ जनाले स्वास्थ्य सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म उक्त सङ्ख्यामा बिरामीले उपचार सेवा लिएका हुन् ।

कार्यालयका अनुसार श्रावण महिनामा दुई हजार ६५३, भदौमा एक हजार ८९९, असोजमा एक हजार ४८३ जना बिराीले उपचार सेवा लिएका छन् । यसैगरी कात्तिकमा दुई हजार १३७, मङ्सिरमा तीन हजार ८२२ र पुस महिनामा चार हजार ६३७ जना रहेका छन् ।

पछिल्लो समय प्रदेश आयुर्वेद चिकित्सालयमा उपचार गर्न आउने बिरामीको आकर्षण बढ्दै गएको वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयुर्वेदिक उपचार विधिलाई प्रभावकारी बनाइएसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।”

चिकित्सालयमा तनहुँसहित जिल्लाको सिमानामा पर्ने गोरखा, लमजुङ, स्याङ्जा, कास्कीलगायत स्थानबाट पनि उपचारका लागि बिरामी आउने गरेका छन् । कार्यालयले सञ्चालनमा ल्याएको बहिरङ्ग सेवाबाट सबैभन्दा धेरै छ हजार १६३ जनाले सेवा लिएका छन् ।

यसैगरी, पञ्चकर्मबाट पाँच हजार ९०६, योग सेवाबाट तीन हजार १०७, फिजियोथेरापीबाट एक हजार ८६, प्रयोगशालाबाट १५९, स्तनपायी आमा तथा शिशु सेवाबाट ७६, शिरोधाराबाट २९ र क्षारसूत्रमा एक जना लाभान्वित भएका छन् । विशेषगरी ग्याष्ट्रिक, बाथरोग, नसारोग, छालाजन्यका बिरामी उपचारका लागि बढी आउने गरेको कार्यालय प्रमुख एवं आयुर्वेद डा नारायण श्रेष्ठले बताउनुभयो । रासस