२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

बंगलादेशमा मतदान सुरु, अवामी लिग बाहेक ५१ दल चुनावी मैदानमा

बंगलादेशमा मतदान सुरु, अवामी लिग बाहेक ५१ दल चुनावी मैदानमा
अ अ+ अ-

ढाका: बंगलादेशमा आमनिर्वाचनका लागि मतदान औपचारिक रूपमा सुरु भएको छ। देशको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु हुने महत्वपूर्ण क्षणका रूपमा यस निर्वाचनलाई हेरिएको छ।

पूर्वप्रधानमन्त्री खालेदा जियाको निधन तथा उनकी दीर्घकालीन प्रतिद्वन्द्वी शेख हसिनाको अवामी लिग पार्टीमाथि जारी प्रतिबन्धको पृष्ठभूमिमा यो निर्वाचन हुन लागेको हो। अवामी लिगको दर्ता गत वर्ष निर्वाचन आयोगले निलम्बन गरेपछि उक्त पार्टी उम्मेदवार उठाउन अयोग्य भएको छ।

दशकौँ लामो ‘बेगमहरूको संघर्ष युग’पछि देश नयाँ राजनीतिक चरणतर्फ अघि बढ्ने मोडका रूपमा यस निर्वाचनलाई लिइएको छ।

द डेली स्टारका अनुसार १३औँ राष्ट्रिय निर्वाचनको पूर्वसन्ध्यामा मतपत्र तथा अन्य सामग्री कडा सुरक्षा व्यवस्थासहित देशभरका मतदान केन्द्रमा पुर्‍याइएको थियो। मतदान बिहान ७.३० देखि साँझ ४.३० बजेसम्म (स्थानीय समय) सञ्चालन हुनेछ। मतगणना फेब्रुअरी १२ कै साँझ ४ बजेदेखि सुरु हुनेछ भने अन्तिम नतिजा गणना सम्पन्न भएसँगै फेब्रुअरी १३ को बिहान निर्वाचन आयोगले सार्वजनिक गर्नेछ।

झन्डै १२ करोड ७० लाख मतदाता रहेको विश्वको आठौँ सबैभन्दा बढी जनसंख्या भएको मुलुक बंगलादेशमा करिब आधा मतदाता १८ देखि ३७ वर्ष उमेर समूहका छन्। तीमध्ये ४५ लाख ७० हजार जना पहिलो पटक मतदान गर्न लागेका मतदाता हुन्।

बंगलादेशमा अवामी लिगबाहेक ५९ दर्ता प्राप्त राजनीतिक दल छन्, जसमध्ये ५१ दल यसपटक निर्वाचनमा सहभागी छन्। कुल १,९८१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्, जसमा २४९ स्वतन्त्र उम्मेदवारसमेत रहेका छन्।

प्रतिस्पर्धामा रहेका प्रमुख दलहरूमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी), जमात-ए-इस्लामी, नेशनल सिटिजन पार्टी (एनसीपी), जातीय पार्टी (जेपी–क्वादेर), जातीय पार्टी (जेपी–एर्शाद), लेफ्ट डेमोक्रेटिक अलायन्स तथा आमार बंगलादेश पार्टी (एबी पार्टी) रहेका छन्।

बंगलादेश संसदीय गणतन्त्रात्मक व्यवस्था भएको देश हो, जहाँ कार्यकारी अधिकार प्रधानमन्त्री र मन्त्रिपरिषद्ले प्रयोग गर्छन्। राष्ट्रपति औपचारिक राष्ट्रप्रमुख हुन्, जसलाई संसद्ले पाँच वर्षका लागि अप्रत्यक्ष रूपमा निर्वाचित गर्छ।

निर्वाचनमा भ्रष्टाचार, महँगी, रोजगारी र आर्थिक विकास मुख्य मुद्दाका रूपमा देखिएका छन्।

संसदीय निर्वाचनसँगै नेशनल चार्टर २०२५ सम्बन्धी जनमतसंग्रहसमेत हुँदैछ। अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसद्वारा तयार पारिएको उक्त दस्तावेज भावी शासन प्रणालीको आधार तय गर्ने उद्देश्यले ल्याइएको हो।

यसैबीच, बंगलादेशका गृहमन्त्रीका सल्लाहकार लेफ्टिनेन्ट जनरल (अवकाशप्राप्त) एमडी जहाँगीर आलम चौधरीले मतपेटिका लुटपाट, नक्कली मतदान वा अन्य अनियमितता भए कडा कारबाही गरिने चेतावनी दिएका छन्। (एएनआई)