१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

भूतपूर्व सैनिक ‘सीमाका रक्षक’

भूतपूर्व सैनिक ‘सीमाका रक्षक’
अ अ+ अ-

बाँके । जिल्लाको साविक राधापुर गाविसमा पर्ने नेपाल–भारत सीमाअन्तर्गत चार किलोमिटर दूरीमा नेपाली, भारतीय, ब्रिटिसलगायत देशका भूतपूर्व सैनिकको बाक्लो बस्ती छ । तत्कालीन राजा महेन्द्रले बसालेका भूतपूर्व सैनिकमध्ये केहीमात्र जीवित छन् । भूतपूर्व सैनिकका सन्तति पनि नेपाली, भारतीय र ब्रिटिस सेनामा भर्ती भएका छन् ।

हाल खजुरा गाउँपालिका–१ मा पर्ने राधापुरमा ७६५ घरधुरीमध्ये ८५ प्रतिशत परिवारमा नेपाली, भारतीय र ब्रिटिस सेनाबाट सेवानिवृत्त भएका परिवार छन् । राधापुरस्थित एउटा गाउँको नाम नै सैनिकगाउँ छ । “अधिकांश घरमा कुनै न कुनै देशको सेनामा जागिर खाएका व्यक्ति भेटिन्छन्”, वडा नं १ का वडाध्यक्ष सुमन मल्लले भन्नुभयो ।

दीर्घकालीन सोचका साथ तत्कालीन राजा महेन्द्रले भूतपूर्व सैनिकलाई सीमामा बसाल्नुभएको थियो । महेन्द्रले जुनसुकै देशबाट सेवानिवृत्त भएका सैनिकको पेन्सनपट्टाका आधारमा जमीन दिएको भारतीय सेनाबाट सेवानिवृत्त मनबहादुर रानाले बताउनुभयो । उहाँले पेन्सनपट्टाका आधारमा एक जनाले चार बिघाका दरले जमीन पाएको बताउनुभयो ।

त्यतिबेला सेनाको जागिरबाट सेवानिवृत्त भएकालाई पेन्सनपट्टाजस्तै सिक्का दिने चलन थियो । त्यही सिक्का देखाएपछि जमीन आफ्नो नाममा पाइन्थ्यो । “सेवानिवृत्त भएको कागज देखाएपछि राजा महेन्द्रको हुकुमी आदेशमा निःशुल्क जमीन पाइन्थ्यो”, उहाँले भन्नुभयो, “निःशुल्क जमीन पाइने भएपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबास गर्ने सेवानिवृत्त सैनिक सीमाक्षेत्रमा आएर बसोबास गर्न थाल्यौँ ।”

भारतीय सेनाबाट सेवानिवृत्त रानाका अनुसार नेपाल–भारत सीमामा बस्ने भूतपूर्व सैनिक स्वतःस्फूर्तरूपमा सीमा सुरक्षामा खटिएका छन् । राधापुरका भूतपूर्व सैनिकले स्वतःस्फूर्तरूपमा सुरक्षा गर्दै आएका उहाँले बताउनुभयो । साविक राधापुर गाविसमा पर्ने नेपाल–भारत सीमाअन्तर्गत चार किलोमिटर दूरीमा नेपाली, भारतीय, ब्रिटिशलगायत देशका भूतपूर्व सैनिकले सीमा सुरक्षा गर्दै आएका छन् ।

सो क्षेत्रमा भारतीय पक्षबाट जङ्गेपिलर सार्ने प्रयाससमेत पूर्व सैनिकले असफल पार्दै आएका छन् । राजा महेन्द्रले विसं २०२५ मा विभिन्न देशमा सेनामा जागिर खाएर सेवानिवृत्त भएकालाई नेपाल–भारत सीमामा बसाल्नुभएको थियो । राजा महेन्द्रले जमीन दिएर राखेका सेवानिवृत्त सेना र उनीहरूका सन्ततिले अहिले नेपाल–भारतको दशगजामा रहेका सीमास्तम्भको रक्षा गर्दै आएका वडाध्यक्ष मल्लले बताउनुभयो ।

दश वर्षे द्वन्द्वका बेला राधापुरसँग सीमा जोडिएको बर्दियाको जमुनीस्थित दशगजामा रहेको जङ्गेपिलर सार्ने प्रयास भारतीय पक्षले गरेको थियो । भारतीय पक्षको प्रयास स्थानीयवासीले असफल बनाएका थिए । तर, भूतपूर्व सैनिकको बाक्लो बसोबास रहेको राधापुरस्थित सीमाक्षेत्रमा रहेका जङ्गेपिलर हल्लाउने आँट भारतीय पक्षले अहिलेसम्म गर्न सकेको छैन ।

“भूतपूर्व सैनिकको बसोबास भएकै कारण भारतीय पक्षले राधापुर क्षेत्रमा एक इन्च पनि सीमा अतिक्रमण गर्ने आँट गर्न सकेको छैन”, राधापुरगाउँका पूर्वप्रधानपञ्च कमल पोखरेलले भन्नुभयो । सीमा नजिक नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यालय स्थापना भए पनि ती सुरक्षाकर्मीलाई सीमा सुरक्षा गर्ने जिम्माभन्दा अपराध तथा अवैध सामान ओसारपसार रोक्न परिचालन गरिएको छ ।

राधापुर क्षेत्रभित्र भारतीय पक्षले सीमा अतिक्रमणको प्रयाससमेत गर्न सकेको छैन । “भूतपूर्व सेनाका कारण भारतले यस क्षेत्रमा सीमा अतिक्रमण गर्ने प्रयाससमेत गर्न सकेको छैन”, पूर्वप्रधानपञ्च पोखरेलले भन्नुभयो, “सीमाक्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति छैन ।” भारतले दशगजा क्षेत्रमा सीमा सुरक्षा बल (एसएसबी) राखेको छ । बाँकेसँग सीमा जोडिएका विभिन्न स्थानमा एसएसबीको क्याम्प खडा गरी सीमारक्षा गरिरहेको छ ।

बाँकेसँग सीमा जोडिएको क्षेत्रमा मात्र १० ठाउँमा क्याम्प खडा गरेर सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रत्येक ५०० मिटरको दूरीमा अस्थायी पोष्ट खडा गरी प्रत्येक पोष्टमा एक जनालाई ड्युटीमा खटाउने गरिएको छ । “दशगजा क्षेत्रमा हिँडडुल गर्दासमेत भारतीय सीमा सुरक्षा बल ९एसएसबी०का जवानले केरकार गर्छन्”, खजुरा–२ बलैपुरका भीम ओलीले भन्नुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमा रेखदेखको जिम्मा दिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनुभयो ।

उहाँले सीमास्तम्भको सुरक्षा र रेखदेख गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई निर्देशन दिइएको बताउनुभयो । सीमास्तम्भको जानकारी लिन दुवै देशका सुरक्षाकर्मीको संयुक्त गस्ती पनि बेला–बेलामा हुँदै आएको प्रजिअ खड्काले बताउनुभयो । बाँकेसँग सीमा जोडिएको दशगजामा ३०७ पिलर रहेका उहाँले जानकारी दिनुभयो । यीमध्ये १७३ राम्रा र अन्य मर्मत गर्नुपर्ने अवस्थाका रहेका प्रमुख जिल्ला अधिकारी खड्काको भनाइ छ ।