१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बजारः नेप्से २० अङ्कले बढ्यो



अ+ अ-

काठमाडौं । पुस मसान्तमा घटेको शेयर कारोवार मापक नेप्से परिसूचक माघको पहिलो दिन २० अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २०.८५ अङ्कले बढेर एक हजार २८४.२३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.६८ अङ्कले बढेर २७८.९७ मा पुगेको छ । परिसूचक २० अङ्कले बढ्दा कारोवार रकम भने ९० करोडमा समेटिएको छ । स्टकका अनुसार आज कूल १७७ कम्पनीका ३० लाख ५५ हजार २३३ कित्ता शेयर रु ९० करोड ४८ लाख १३ हजार ९३२ मा खरीदबिक्री भयो ।

कारोवार भएका कूल १२ मध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ । होटल ३.५४ अङ्कले घट्दा उत्पादन १६.०६ र अन्य उपसमूहको शेयर ०.८४ अङ्कले गिरावट भएको छ । बैंकिङ २७.१६, व्यापार ६३.४७, विकास बैंक ३५.४२, जलविद्युत् ४.२९, फाइनान्स २०.१२, निर्जीवन जीवन बीमा २३.६३, माइक्रोफाइनान्स २७.२, जीवन बीमा ८१.०७ र सामूहिक लगानी कोष ०.०६ अङ्कले बढेका छन् ।

आज सबैभन्दा बढी एनआइसी एसिया बैंकको शेयर कारोवार भयो । सो बैंकको शेयर रु सात करोड ४० लाख ७४ हजार ७७० मा खरीद बिक्री भयो । यस्तै एनएमबी बैंकको रु तीन करोड १८ लाख ८२ हजार ८२०, नेपाल बैंक लिमिटेडको रु दुई करोड ९० लाख ७१ हजार ९५३, नागरिक लगानी कोषको रु दुई करोड ८६ लाख ३१ हजार ६९६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ५८ लाख ६६ हजार ४३८, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु दुई करोड २८ लाख ९१ हजार ४१८ र एभरेष्ट बैंक लिमिटेडको शेयर रु दुई करोड १७ लाख ७४ हजार १५७ मा खरीद बिक्री भयो ।

आज सबैभन्दा बढी विशाल बजार कम्पनीका शेयरधनीले ९.९८ प्रतिशतले कमाए । यस्तै रिलायन्स फाइनान्स ९.९२, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ९.८८, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था रु ९.८५, पाँचथर पावर कम्पान्ट लिमिटेड ९.७६ तथा पञ्चकन्या माइ हाइड्रोपावर र मञ्जुश्री फाइनान्स लिमिटेडको लगानीकर्ताले सामान ९.४७ प्रतिशतले कमाए ।

स्टकका अनुसार आज रैराङ हाइड्रोपावर डेभलपमेन्टको लगानीकर्ताले सबैभन्दा बढी ७.२७ प्रतिशतले गुमाए । यस्तै सेन्ट्रल फाइनान्स कम्पनी २.७५, शिवम् सिमेन्टस् लिमिटेड २.६५, सानिमा बैंक (ऋणपत्र) २, दिव्यश्वरी हाइड्रोपावर १.८८ र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीले १.७८ प्रतिशतले गुमाए ।