१८ श्रावण २०८३, सोमबार
,
Latest
इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि रोक्न ट्रम्प सहमत मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता उत्तरपश्चिम पाकिस्तानमा भएको आत्मघाती विष्फोटमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो युक्रेनको राजधानी किभमा रुसी मिसाइल आक्रमणः ९ जनाको मृत्यु, २८ घाइते काबुलमा प्रहरीसँगको मुठभेडमा सात सशस्त्र लुटेरा मारिए विभिन्न पाँच समितिको बैठक बस्दै इण्डोनेसियाको जाभा सागरमा जहाजमा आगलागीः ५ को मृत्यु, ४१ बेपत्ता इजरायली हवाई आक्रमणमा दुई बालबालिकासहित ९ जना प्यालेस्टाइनीको मृत्यु सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानसँग वार्ताको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटनामा परी उपप्रमुख दरैसहित चार घाइते



अ+ अ-

तनहुँ।  पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी–२ दुलेगौँडामा आज सवारी दुर्घटनामा परी व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैसहित चार जना घाइते भएका छन् ।

जिल्लाको दुलेगौँडाबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०६४ प ०७८३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ आउँदै गरेको ग१ज ४६६७ नम्बरको ट्याक्सी एकापसमा ठक्कर खाएपछि ट्याक्सी अर्को सामान बोक्ने भ्यानमा ठक्किएको थियो ।

पोखराबाट दुलेगौँडातर्फ आउँदै गरेको ध१ज ६२४ नंको भ्यानमा ठोक्किएपछि ट्याक्सीमा सवार उपप्रमुख दरै, उहाँका छोरा २७ वर्षीय हेमन्त दरै, ट्याक्सी चालक कास्की पोखरा महानगरपालिका–५ मालेपाटनका ३८ वर्षीय सन्देश गोले र पोखरा महानगरपालिका–१४ चाउथेका १८ वर्षीय  मोटरसाइकल चालक समेशकुमार थापा रहेका छन् ।

गोलेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र अन्य तीन जनाको आविस्कार अस्पताल पोखरामा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। रासस