१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

मातातीर्थस्थित बैकुण्ठनाथ दिव्यधाममा कोटीहवन महायज्ञ हुने

मातातीर्थस्थित बैकुण्ठनाथ दिव्यधाममा कोटीहवन महायज्ञ हुने
अ अ+ अ-

काठमाडौँ । श्रीवैकुण्ठनाथ दिव्यधाम चन्द्रागिरि ८, मातातीर्थमा बृहद् राष्ट्रशान्ति कोटीहवन महायज्ञ एवं चन्द्रागिरि धार्मिक पर्यटन महोत्सव, २०७६ आयोजना गरिने भएको छ ।
आगामी फागुन १ गतेखि ९ गते महाशिवरात्रीका दिनसम्म आयोजना हुने यस कोटी हवन महायज्ञ चन्द्रागिरि नगरमा पहिलो पटक आयोजना हुन लागेको हो ।

श्रीवैकुण्ठनाथ दिव्यधामका उत्तराधिकारी स्वामी हरिप्रपन्नाचार्य (हरि ओमजी) का अनुसार यस प्रकारको महायज्ञ र धार्मिक उत्सव उक्त दिव्यधाम मन्दिरमा आयोजित १०८ श्रीमद्भागवत सप्ताह महोत्सवको समापनका अवसरमा आयोजना गर्न लागिएको हो ।
काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मतातीर्थमा अवस्थित वैकुण्ठनाथ भगवानको मन्दिर प्राङ्गणमा उक्त संस्थाका प्रमुख संरक्षक श्री १००८ स्वामी भागवताचार्यको सत्संकल्पमा सञ्चालन हुँदै आइरहेको १०८ सप्ताहव्यापी अखण्ड श्रीमद्भागवत सप्ताह महोत्सवको पूर्णाहुती एवं पर्यटन भ्रमण वर्ष, २०२० को पावन अवसरमा आयोजना गरिने उहाँले बताउनुभयो ।


नेपाल राष्ट्र, राष्ट्रियता एवम् समग्र प्राणीजगत तथा परम वैदिक सनातन धर्मको सम्वृद्धिका साथै मानवकल्याण र नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गरी चन्द्रागिरि नगरपालिकालाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न यस महायज्ञको आयोजना गरिएको हो ।
महोत्सवमा भारतको तामिलनाडु राज्यबाट कांची प्रतिवादी भयंकर सिंहासनाधीश्वर जगद्गुरु अनन्त श्रीविभूषित श्रीनिवासाचार्य स्वामी, अनन्त श्रीविभुषित जगद्गुरु श्रीअनन्ताचार्य (बालक स्वामीजी) का साथै कर्नाटक, महाराष्ट्र, मुम्बई, नयाँदिल्ली, अयोध्यापुरी, वृन्दावन लगायतका स्थानहरुबाट सयौंको संख्यामा अति विशिष्ट महानुभावहरु समेतको उपस्थिति रहने बताइएको छ ।
नेपाल, भारत, भुटान लगायत विभिन्न मुलुकबाट सन्त, महन्त, मठाधीश, पिठाधीश, विशिष्ट आचार्य, विद्वान विदुषी, तथा भक्तहरु समेत यस विराट महायज्ञमा सपरिवार, इष्टमित्र, बन्धुबान्धव सहित सहभागी भई महोत्सवलाई सफल पार्न देश, विदेशमा रहनुहुने सम्पूर्ण धर्मानुरागी राष्ट्रभक्त, भागवतप्रेमी सबैलाई उक्त आयोजक संस्थाका प्रमुख श्री १००८ स्वामी भागवताचार्यले हार्दिक अपिल गर्नुभएको छ ।

यस महायज्ञमा वेद, उपनिषद, गीता, रामायण लगायतका विभिन्न धार्मिक ग्रन्थहरुको पाठपारायण हुनेछ । त्यस्तै विभिन्न तीर्थ एवं पवित्र स्थलहरुबाट ल्याइएको जलसहितको विशाल राष्ट्रशान्ति कलश सहित १००८ कलशद्वारा नगरपरिक्रमा गराइनेछ ।


फागुन १ गते बिहीवारबाट शुरु हुने सो महायज्ञामा सोही दिन बिहान १००८ कलशद्वारा भव्य शोभा यात्रा सहित नगर परिक्रमा हुनेछ । उक्त शोभायात्र मातातीर्थ कुण्डबाट चन्दन भराटेश्वर महादेव मन्दिर हुँदै नरनारायण बाबा आश्रम– बौथली चोक, भकुण्डेचौर हुँदै यज्ञस्थल श्रीवैकुण्ठनाथ दिव्यधाम सम्म गरिने छ ।

त्यसैगरी कोटीहवन महायज्ञको समुद्घान उपराष्ट्रपति नन्दबहादुर पुनबाट बिहान ११ः३० बजे गरिने कार्यक्रम पनि तय भएको बताइएको छ ।