१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

पूर्व प्रधानमन्त्रीले नै कार्यविधि मिचेपछि….

पूर्व प्रधानमन्त्रीले नै कार्यविधि मिचेपछि….
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यको नियमलाई खिल्ली उडाएका छन् । अध्यक्ष प्रचण्डले सरकारी कार्यविधिअनुसार पाउने सुरक्षामा ८ गुणा बढी सुरक्षाकर्मी प्रयोग गरेका छन् ।

पूर्व प्रधानमन्त्रीको हैसियतले अध्यक्ष पचण्डले ९ जना मात्रै सुरक्षाकर्मी पाउनु पर्ने ब्यवस्था भएपनि अध्यक्ष प्रच्चण्डले ७७ जना सुरक्षाकर्मी प्रयोग गरेका छन् । यद्यपी विशिष्ठ व्यक्ति सुरक्षा व्यवस्थापन समितिको २०६८ जेठ २५ को निर्णय अनुसार २६ जनासम्म खटाउने व्यवस्था भएपनि प्रचण्डको सुरक्षामा मन्त्रिपरिषदको निर्णयभन्दा ५६ जना बढी सुरक्षाकर्मी खटिएका छन्।

अध्यक्ष प्रचण्डपछि नियमको खिल्ली उडाउदै सुरक्षाकर्मी राख्नेमा प्रमुख प्रतिपक्षी दलका नेता एवम कांग्रेस सभापति शेरबहादुर देउवा पनि कुनै कम देखीएका छैन । देउवाले ३८ जना सुरक्षाकर्मी राखेका छन्।

देउवा स्वयम् प्रधानमन्त्री भएका वेला प्रहरी नायव उपरीक्षकको कमाण्डमा देउवा परिवारलाई २१ जना सुरक्षाकर्मी उपलब्ध गराउने निर्णय भएको थियो। देउवा पत्नी तथा पूर्व सांसद आरजु राणा देउवा र छोरा जयविरसिंह देउवालाई समेत भनेर २०७४ माघ १० गतेको मन्त्रिपरिषद बैठकले सो संख्याको सुरक्षाकर्मी दिने निर्णय गरेको थियो। आफैले गरेको निर्णय भन्दा हाल उनले १८ जना बढी सुरक्षाकर्मी राखेका छन्।

पूर्व प्रधामन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालको सुरक्षामा १८ जना खटिएका छन्। अर्का पूर्व प्रधानमन्त्री एवम् नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा १७ जना सुरक्षाकर्मी खटिएका छन्।

मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको सुरक्षामा १० जना सुरक्षाकर्मी खटिएका छन्। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा १२ जना सुरक्षाकर्मी छन्।