५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन सहयोगका लागि भारतलाई प्रधानमन्त्री कार्कीको धन्यवाद



अ+ अ-

काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याएकोमा छिमेकी मित्रराष्ट्र भारतप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई बोलाएर मुलुकको विशेष परिस्थितिमा हुन लागेको निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न सवारी साधनलगायत विभिन्न सामग्री उपलब्ध गराएकोमा कृतज्ञता व्यक्त गर्नुभएको हो।

उक्त भेटमा प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन भारतको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले समयमै प्राप्त सहयोगले निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउने विश्वास पनि व्यक्त गर्नुभयो।

जवाफमा भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारत सधैं साथ रहने बताउँदै मित्रवत् छिमेकीका नाताले सहयोग गर्नु आफ्नो कर्तव्य भएको स्पष्ट पार्नुभयो। साथै निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि पनि महत्वपूर्ण हुने उहाँको भनाइ थियो।

भेटवार्तामा दुवै पक्षबीच नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र लोकतान्त्रिक मूल्यहरूको प्रवर्द्धनका विषयमा समेत छलफल भएको थियो।




भर्खरै