१५ असार २०८३, सोमबार
,
Latest
चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदानस्थालको निरीक्षणसँगै सुरक्षाको व्यवस्थालाई बलियो बनाइँदै



अ+ अ-

चितवन। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई ख्याल गर्दै सशस्त्र प्रहरी बल नेपालले जिल्लाका तीन निर्वाचन क्षेत्रमा निर्वाचन सुरक्षा ‘बेस’ स्थापना गरी सुरक्षा दिन सुरुआत गरेको छ ।

तीन निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय लक्षित गर्दै सुरक्षा बेस स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार निर्वाचन प्रयोजनका लागि बेस स्थापना गरिएको हो । उहाँले भन्नुभयो, “निर्वाचनको समयमा हुनसक्ने घटनालाई मध्यनजर गर्दै बेस स्थापना गरिएको हो ।”

सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । क्षेत्र नं १ को खैरहनीमा, क्षेत्र नं २ को भरतपुर–१० मा र क्षेत्र नं ३ को रामपुरमा बेस स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

निर्वाचनको प्रयोजन सकिएसँगै बेसहरू हट्ने छन् । यससँगै जिल्लाको दुई स्थानमा नेपाली सेनाले सुरक्षा दिन थालनी गरेको छ । भरतपुर विमानस्थल र कारागार कार्यालयमा सेनाले सुरक्षा दिन थालेको उहाँले बताउनुभयो ।

जिल्लाको सुरक्षालाई मध्यनजर गर्दै अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको संयुक्त गस्तीसमेत सुरु गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले हामीले मतदानस्थालको निरीक्षणसँगै सुरक्षाको व्यवस्थालाई बलियो वनाउँदै लगेका छौँ ।” रासस
–––