८ आश्विन २०८१, मंगलवार
,
Latest
महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी लुम्बिनि विकास कोषमा तनावः निर्माण व्यवसायीले घेरे पदाधिकारी, समस्याको कारक सदस्य सचिव लामा भएको आरोप प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’ राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छ: बुद्धिमान तामाङ नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनिक महाविद्यालयको रासनमा अनियमितता, दुई कर्णेल नियन्त्रणमा



अ+ अ-

काठमाडौं । भक्तपुरस्थित सैनिक महाविद्यालयमा प्रमुख रहँदा रासन अनियमितता गरेको आरोपमा नेपाली सेनाका दुई कर्णेलमाथि सैनिक मुख्यालयले छानबिन सुरु गरेको छ । मुख्यालयले नेपाली सेनाका कर्णेल भूपालमान अधिकारी र लेफ्टिनेन्ट कर्णेल देव क्षत्रीमाथि रासन अनियमितताको आशंकामा अनुसन्धान सुरु गरेको हो । उनीहरूलाई नियन्त्रणमा लिएर छानबिन थालिएको छ । प्रारम्भिक छानबिनले रासनमा अनियमितता भएको देखाएकाले दुवै जनालाई ‘लाइन एरेस्ट’मा राखेर छानबिन थालिएको सैनिक स्रोतले जनाएको छ ।

सैनिक स्रोतका अनुसार करिब दुई वर्षअघि उनीहरूले सैनिक महाविद्यालयको महत्वपूर्ण जिम्मेवारीमा रहँदा विद्यालयमा पठाइएको रासन अन्यत्र बेचेको आरोप छ । त्यसरी बेचिएको रासनबापतको रकम अन्यत्रबाट उनीहरूको व्यक्तिगत खातामा आएको देखिएको सैनिक स्रोतले जानकारी दिएको हो । सो विषयमा छानबिन गर्न सहायक रथी प्रदीपजंग केसीको नेतृत्वमा गठित ‘कोर्ट अफ इन्क्वायरी’ले उनीहरूमाथि अनुसन्धान गरिरहेको हो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले गुनासोपछि दुवै जनामाथि अनुसन्धान भइरहेको बताए । ‘अनियमितताको विषय आएको हो तर पुष्टि भइसकेको छैन । बोर्ड गठन गरेर सत्यतथ्य छानबिन हुँदै छ,’ सैनिक प्रवक्ता पाण्डेले भने । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनासँग जोडिएका पुराना विषयमा गुनासो आउन थालेपछि विगतका आर्थिक विषयसमेत छानबिन गर्ने नीति लिएका छन् । त्यसका लागि सेनाले ‘रिभर्स करप्सन’ नाम दिएर विगतका खरिद प्रक्रियालाई समेत हेर्दै आएको छ । प्रधानसेनापति थापाले प्रश्न उठेका स्थानमा मुख्यालयबाट टोली नै खटाएर छानबिन गर्दै आएका छन् ।

प्रधानसेनापति भएलगत्तै सेनाभित्रका विकृति सुधार गर्ने योजनाअनुसार ‘प्रधानसेनापति मार्ग निर्देशन कमान्ड २०७५’ लागू गरेका थापाले सेनाभित्रको क्यान्सरलाई आफ्नो कार्यकालमा निको पारेरै छाड्ने प्रतिबद्धता जनाएका थिए । ‘सेनाप्रति आमनागरिकको विश्वास र भरोसा छ । म त्यो भरोसालाई अझ उच्च बनाउन आफ्नो कार्यकालमा सेनाभित्रको क्यान्सरलाई निको पारेर त्यो लक्ष्य पूरा गरेर निस्कन्छु,’ प्रधानसेनापति थापाले कार्यकालको एक वर्ष पूरा हुँदा गत भदौमा जंगी अड्डामा आयोजित कार्यक्रममा भनेका थिए । राजधानी दैनिकबाट