३ भाद्र २०८३, बुधबार
,
Latest
सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रत्येक स्थानीय तहमा खेलमैदान, एक जिल्ला एक रंगशाला



अ+ अ-

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन खेलमैदानको निरीक्षण गरेका छन् । मन्त्रालयको दश लाख रुपैयाँको सहयोगमा निर्माण भइरहेको खेलमैदानको मंगलबार निरीक्षण गर्दै मन्त्री विश्वकर्माले थप बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए । खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेकाले निर्माणाधीन खेलमैदानलाई पर्याप्त बजेट विनियोजन गर्ने मन्त्री विश्वकर्माले बताए ।

सरकारले एक स्थानीय तह एक खेलमैदान र एक जिल्ला एक रंगशालाको नीति लिएको भन्दै मन्त्री विश्वकर्माले खेललाई नागरिकको स्वास्थ्यसँग जोडेर हेर्नुपर्ने बताए । गत महिना सम्पन्न दक्षिण एसियाली खेलकुदमा नेपाली खेलाडीको प्रदर्शन उच्च रहेको भन्दै उनले अब गाउँगाउँबाट पनि सक्षम खेलाडी उत्पादन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको औँल्याए ।

तनहुँ सदरमुकाम दमौलीमा खेलमैदानको लागि पर्याप्त जग्गा नभएको हुँदा दमौलीको नजिकै रहेको उक्त मैदानलाई जिल्लास्तरीय रंगशाला बनाउने निर्णय हुन सके त्यसको पूर्वाधार निर्माणमा मन्त्रालयको तर्फबाट तत्कालै ५० लाख रुपैयाँ विनियोजन गर्ने मन्त्री विश्वकर्माले आश्वासन दिए । खेलमैदान निर्माण समितिका अध्यक्ष मधु थापाले गत वर्ष विनियोजित दश लाख रुपैयाँले मैदान सम्याउने लगायतका काम गरिएको जानकारी दिए ।