२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बाप्पको शानदार गोलमा मोनाकोमाथी पीएसजीको जित



अ+ अ-

लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ । बुधबार राति भएको खेलमा मोनाकोलाई ४–१ गोल अन्तरले पीएसजीले हराएको हो । खेलमा पीएसजीलाई जित दिलाउनका लागि केलियन एम्बाप्पले दुई, नेयमार र पाब्लो सर्बियाले एक–एक गोल गरेका थिए भने मोनाकोका तैमौके बकायोकोले एक गोल फर्काए ।

पीएसजलाई खेलमा अग्रता दिलाउन एम्बाप्पेले खेलको २४ औ मिनेटमा पहिलो गोल गरेका थिए । पहिलो हाफको ईन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाएका थिए । सर्बियाले ७२ औ मिनेटमा पीएसजीलाई ३–० ले अघि बढाए । खेल सकिन ३ मिनेट अगाडी घरेलु टोली मोनाकोका बकायोकाले एक गोल फर्काएका थिए ।

अन्तिम ईन्जुरी समयमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई शानदार जित दिलाए । जितसंगै पीएसजीले २० खेलबाट ४९ अंक जोडेको छ । उसले लिगमा स्पष्ट ८ अंकको अग्रता लिन सफल भएको छ । मोनाको २९ अंक सहित तालिकाको नवौं स्थानमा छ ।