१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बाप्पको शानदार गोलमा मोनाकोमाथी पीएसजीको जित



अ+ अ-

लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ । बुधबार राति भएको खेलमा मोनाकोलाई ४–१ गोल अन्तरले पीएसजीले हराएको हो । खेलमा पीएसजीलाई जित दिलाउनका लागि केलियन एम्बाप्पले दुई, नेयमार र पाब्लो सर्बियाले एक–एक गोल गरेका थिए भने मोनाकोका तैमौके बकायोकोले एक गोल फर्काए ।

पीएसजलाई खेलमा अग्रता दिलाउन एम्बाप्पेले खेलको २४ औ मिनेटमा पहिलो गोल गरेका थिए । पहिलो हाफको ईन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाएका थिए । सर्बियाले ७२ औ मिनेटमा पीएसजीलाई ३–० ले अघि बढाए । खेल सकिन ३ मिनेट अगाडी घरेलु टोली मोनाकोका बकायोकाले एक गोल फर्काएका थिए ।

अन्तिम ईन्जुरी समयमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई शानदार जित दिलाए । जितसंगै पीएसजीले २० खेलबाट ४९ अंक जोडेको छ । उसले लिगमा स्पष्ट ८ अंकको अग्रता लिन सफल भएको छ । मोनाको २९ अंक सहित तालिकाको नवौं स्थानमा छ ।