१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बाब्वेद्वारा ओमान आठ विकेटले पराजित



अ+ अ-

आईसीसी टी–२० विश्वकप अन्तर्गत भएको समूह चरणको खेलमा जिम्बाब्वेले ओमानलाई ८ विकेटले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित १९.५ ओभरमा अल आउट हुँदै  १०३ रन मात्र बनाएको थियो। ओमानका ब्याट्सम्यानहरू सुरुआतदेखि नै दबाबमा देखिएका थिए ।

जिम्बाब्वेका बलरहरूले कसीलो बलिङ गर्दै ओमानलाई ठूलो स्कोर बनाउन दिएनन्। ओमानका लागि सुफ्यान महमूदले २५, विनायक शुक्लाले २८, नदीम खानले २० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

जिम्बाब्वेका बलरहरू रिचार्ड नाराभा, ब्लेसिङ मुजाराबानी र ब्राड इभान्सले तीन तीन विकेट लिएका थिए भने सिकन्दर राजाले १ विकेट लिए ।

जवाफमा १०४ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले १३.३ ओभरभित्रै मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। जिम्बाब्वेका लागि ब्रायन बेनेटले अविजित ४८ रन बनाएका थिए भने ब्रेन्डन टेलरले ३१ तथा टाडिवानासेले २१ रन बनाएर जितको आधार तयार पारेका थिए ।

यस जितपछि  जिम्बाब्वेले २ अंक जोडेको छ । यस समूहमा जिम्बाबे र ओमानका अलावा अस्ट्रेलिया, श्रीलंका र आयरल्याण्ड रहेका छन् । यस समूहमा श्रीलंकाले आयरल्याण्डलाई पराजित गरेर २ अंक जोडिसकेको छ ।

आजै साँझ दक्षिण अफ्रिका र क्यानडा बिच अहमदाबादमा खेल हुँदैछ । क्यानडाले टस जितेर अफ्रिकालाई ब्याटिङका लागि आमन्त्रण गरेको छ । खेल अहिल ७.१५ बजेदेखि हुँदैछ ।