१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति



अ+ अ-

काठमाडौं । अदालतले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ । जिल्ला अदालत भक्तपुरले अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको हो ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध मानहानीको मुद्दा हालेका थिए । उक्त मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति मागेको थियो । अनुमति पाए लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । तर प्रसाईं भने फरार रहेका प्रहरीले जनाएको छ ।