५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम
अ+ अ-

चितवन, २६ माघः चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा महिला मतदाताको सङ्ख्या आधाभन्दा बढी छ । यहाँ उम्मेदवार हुने महिलाको सङ्ख्या भने निकै कम रहेको छ ।

पूर्बी चितवनको रत्ननगर, खैरहनी र राप्ती नगरपालिका समेटिएको यस क्षेत्रमा एक लाख ४९ हजार ६२१ मतदाता रहेका छन् । तीमध्ये ५० दशमलव ७० प्रतिशत अर्थात् ७५ हजार ८६० महिला मतदाता रहेका छन् । पुरुषको सङ्ख्या ७३ हजार ७६१ रहेको छ । यो ४९ दशमलव ३० प्रतिशत हो । महिला मतदाताको सङ्ख्या बढी भए पनि १८ जना प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवर भए पनि दुई जना मात्र महिला रहेका छन् । ती साना दलका हुन् ।

राष्ट्रिय जनमोर्चाले सीतादेवी क्षेत्री र नेश्नल रिपब्लिक नेपालले ईश्वरी गुरुङलाई उम्मेदवार बनाएको छ । यसअघि निर्वाचन जितेका ठूला दलले महिला उम्मेदवार दिन सकेका छैनन् ।

यस क्षेत्रबाट १५ राजनीतिक दलका उम्मेदवार छन् भने स्वतन्त्र तीन जना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रका मतदातामध्ये ५० प्रतिशत खश आर्य रहेका छन् । ३३ दशमलव ३३ प्रतिशत आदिवासी जनजाति छन् भने निर्वाचन आयोगको तथ्याङ्कअनुसार थारु, दलित र मधेशी ५ दशमलव ५६ प्रतिशतका दरले रहेका छन् ।

यस क्षेत्रमा ५६ वटा मतदानस्थलमा १६८ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रको राप्ती नगरपालिकाको केही भूभाग पहाडी क्षेत्रमा पर्दछ भने बाँकी समथर क्षेत्र पर्दछ ।रासस