२० भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा ७५ थान हातहतियार बुझाइयो, गाउँगाउँमा मतदाता शिक्षा दिँदै निर्वाचन आयोग



अ+ अ-

नेपालगञ्ज। बाँकेमा इजाजत प्राप्त ७५ थान हातहतियार प्रहरी समक्ष बुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरी मातहतका इलाका प्रहरी कार्यालय, प्रहरी चौकीलगायत स्थानमा आजसम्म ती हातहतियार बुझाइएको जानकारी दिनुभयो ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, बाँकेले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको थियो । बुभाइएका हातहतियारमा भरुवा बन्दुक बारबोरलगायत रहेका छन् ।

यसैबीच बाँकेमा मतदाता शिक्षाका गाउँगाउँ पुर्‍याइने तयारी गर्न थालिएको छ । प्रनिनिधिसभा सदस्य २०८२ का निम्ति जिल्लामा रहेका आठ स्थानीय तहमा अधिकृत तहका कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेर मतदाता शिक्षाका लागि गाउँगाउँ पुर्‍याउन थालिएको हो ।

बाँकेका निर्वाचन अधिकारी टेकबहादुर शाहीले मतदाता शिक्षाका लागि स्थानीय तहमा स्वयंसेवक परिचालन गर्न पत्राचार भइसहेको जानकारी दिँदै मतदाता शिक्षाका लागि जिल्लाका ८१ वडामा ८१ जना स्वंयसेवक परिचालन हुने बताउनुभयो ।

“निर्वाचन आयोगबाट कार्यक्रम आइसकेको छ, केही प्राविधिक काम बाँकी छ, त्यसपछि हामी मतदाता शिक्षा कार्यक्रम सुरु गर्छौँ,” उहाँले भन्नुभयो ।

निर्वाचन अधिकारी शाहीका अनुसार मतदाता शिक्षाका लागि केही दिनमा सम्पर्क व्यक्तिलाई तालिम प्रदान गरिने र सम्पर्क व्यक्तिले पुनः स्थानीय तहका वडामा भएका स्वंयसेवकलाई तालिम दिएर मतदाता शिक्षा गाँउगाउँ तथा टोल टोल पुर्‍याउने लक्ष्य लिइएको छ ।

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा कुल मतदाताको सङ्ख्या तीन लाख ५० हजार ३७१ जना रहेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ । जिल्लामा एक सय ३९ मतदानकेन्द्र र चार सय मतदानस्थल रहेका छन् । रासस




भर्खरै