१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

सुत्केरीलाई पोषयुक्त खानेकुरा

सुत्केरीलाई पोषयुक्त खानेकुरा
अ अ+ अ-

कञ्चनपुर । सुत्केरीलाई शुक्लाफाँटा नगरपालिका वडा नं ३ ले पोषयुक्त खानेकुरा खानका लागि भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । निरन्तररुपमा दुई वर्षदेखि सुत्केरी भएकालाई पोषणयुक्त खानेकुरा खानका लागि भत्ताको रकम उपलब्ध गराइँदै आएको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

“दूध, दही, घ्यू, फलफूल, माछा, मासु, हरियो सागपात, गेडागुडीलगायत खानका लागि भत्ताको रकम दिँदै आएका छौँ”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएका महिलालाई पोषणयुक्त खानेकुराकै अभावमा विभिन्न किसिमका रोगको सङ्क्रमण हुने भएकाले त्यसको रोकथामका लागि पोषण कार्यक्रम सञ्चालन गरी भत्ताको रकम दिन थालेका छौँ ।”

कार्यक्रमअन्तर्गत सुत्केरी हुनेलाई वर्षमा एक पटकका लागि रु एक हजार २०० भत्ताबापत रकम दिइने गरिएको छ । सुत्केरी हुने महिला र शिशुका लागि दुई जोर कपडासमेत दिइने गरिएको छ ।

“कार्यक्रम सञ्चालन हुनुअघि सुत्केरी हुने अधिकांशलाई पोषणयुक्त खाना खानुपर्छ भन्ने जानकारीनै थिएन”, वडाध्यक्ष चौधरीले भन्नुभयो, “कार्यक्रम सञ्चालन गरिएपछि सुत्केरी हुनेलाई वडा कार्यालयमै बोलाएर स्वास्थ्यकर्मीमार्फत पोषणयुक्त खानेकुरा खानुपर्छ भन्नेबारे जानकारी गरायौँ, त्यसका फाइदाका बारेमा जानकारी दियौँ, त्यसपछि भत्ताको रकम दिन थालेका छौँ ।”

पोषणयुक्त खानेकुराको व्यवस्थाका लागि भत्ता दिइन थालेपछि मातृ शिशु मृत्यृदर शून्यमा झरेको वडा कार्यालयका सचिव श्यामप्रसाद चौधरीले बताउनुभयो । वडामा सुत्केरी हुने र गर्भवतीलाई पोषणयुक्त खानेकुराको अभाव हुँदा नवजात शिशुमा कुपोषणको समस्या देखिने गरेको थियो । सुत्केरी भत्ताको रकम बुझ्न आएकी सीमा चौधरीले गर्भवती भएपछि वडा कार्यालयले दिने गरेको स्वास्थ्यसम्बन्धीको ज्ञानले परिवारले खानेकुरामा ख्याल राख्दै आएको बताउनुभयो ।

वडा कार्यालयले शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएपछि स्वास्थ्यचौकीको शिशु जन्मेको प्रमाणपत्र र स्वयंसेविकाको सिफारिसका आधारमा भत्ताको रकम दिने गरेको छ । उमेर नपुगिकनै विवाह गरी सुत्केरी हुने महिलालाई भने वडा कार्यालयले उक्त कार्यक्रमअन्तर्गतको सुविधा दिने गरेको छैन । वडा कार्यालयले गत आवमा २८ सुत्केरीलाई भत्ताको रकम उपलब्ध गराएको थियो भने चालु आवको हालसम्म सातलाई भत्ताको रकम उपलब्ध गराएको छ ।