१५ असार २०८३, सोमबार
,
Latest
भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा एचपिभी खोप लगाउन सुरु



अ+ अ-

नेपालगञ्ज। बाँकेका तीन स्थानीय तहमा पाठेघरको क्यान्सरविरुद्ध एचपिभी खोप लगाउन सुरु भएको छ ।

जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सो खोप लगाउन सुरु गरिएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले अहिलेसम्म नेपालगञ्जमा १३२, बैजनाथमा १४१ र खजुरामा १८४ जनालाई पाठेघरको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइएको जानकारी दिनुभयो ।

जिल्लामा विद्यालय जाने ६ हजार ५३१ र विद्यालय नजाने दुई हजार ५३ गरी कूल आठ हजार ५८४ जनालाई एचपिभी खोप लगाउने लक्ष्य निर्धारण गरिएको छ ।

त्यसमध्ये पनि राप्तीसोनारी गाँउपालिकामा ७२० जना, कोहलपुर नगरपालिकामा एक हजार ७०६ जना, बैजनाथ गाउँपालिकामा ८८० जना, एक हजार १९ जना, जानकी गाँउपालिकामा ६७२ जना, नेपालगञ्ज उपमहानगरपालिकामा दुई हजार ४२४ जना, डुडुवा गाउँपालिकामा ४४१ जना र नरैनापुर गाँउपालिकामा ७२१ जनालाई सो खोप लगाइने छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको कोहलपुर नगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आजदेखि र जानकी गाउँपालिकामा २७ गते सो खोप लगाइने छ ।

खासगरी कक्षा ६ मा अध्ययन गर्ने छात्रा, विद्यालय नजाने १० वर्षका किशोरी र गत वर्ष सञ्चालित एचपिभी खोपको लागि निर्धारण लक्षित समूह किशोरी तथा छात्रामध्ये खोप लगाउन छुटेका हाल कक्षा ७ देखि १० कक्षासम्म अध्ययनरत छात्रा र ११ देखि १४ वर्ष उमेरका किशोरीलाई खोपको लक्षित समूह मानिएको छ ।

नेपालमा औसतमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरका कारण चार जना महिलाको मृत्यु हुने गरेको बताइएको छ ।

गत वर्ष बाँकेमा ३३ हजार ७५९ जनालाई सो खोप लगाइएको थियो । सो खोप माघ २५ गतेदेखि फागुन ४ गतेसम्म लगाइने छ । रासस