१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानी मन्त्रालयको सरकारी मोटर साइकल मरेको मान्छे जस्तै झाडीमा अलपत्र



अ+ अ-

गोरखा । खानेपानी तथा सरसफाइ मन्त्रालयको सरकारी नम्बर प्लेटको मोटरसाइकल लामो सयमदेखि वेवारिसे अवस्थामा फालिएको छ । बा १ व ८२७१ नम्बरको यामाहा कम्पनीको अल्वा मोटरसाइकल गोरखा नगरपालिका–३ होलसिङमा वेवारिसे अवस्थामा फालिएको हो ।

मोटरसाइकल खानेपानी मन्त्रालयमा गाडी चालक नवराज अर्यालले छाडेको स्थानीयको भनाइ छ । मन्त्रालयका अनुसार अर्यालले जागिर छाडेको ६ महिना भइसक्यो । जागिरको सिलसिलामा उनले ल्याएको मोटरसाइकल फिर्ता गर्नुको अलावा गाउँ नजिकैको झाँडीमा अलपत्र छाडेर उनी वेपत्ता छन् ।

‘सरकारी बाइक मरेको मान्छे जस्तै अलपत्र भएर बसेको छ, घर लगेर राखे पनि हुन्थ्यो, यसरी झाडीमा विजोग बनाएर राखेको छ,’ स्थानीय डम्बरबहादुर दमाइले भने । प्रहरीलाई खवर गर्दा पनि फोटो मात्र खिचेर लगेको उनले बताए ।

मन्त्रालयका कर्मचारीलाई सम्पर्क गर्दा उनले मोटरसाइकल कहाँ छ भन्ने थाहा नभएको बताए । ‘नवराज भन्नेलाई हामीले जागिरबाट निकालिसक्यौ, मोटरसाइकल कहाँ लग्यो भन्ने थाहा थिएन, अब थाहा भयो हामी लिन पठाइहाल्छौं,’ उनले भने ।