१० असार २०८३, बुधबार
,
Latest
इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनिताले जन्माइन चम्ल्याहा शिशु



अ+ अ-

कास्की । स्याङ्जाको पुतलीबजार १ की २६ वर्षीया सुनिता पौडेल प्रधानले चार शिशु जन्माएकी छन्। सुनिताले पोखराको मणिपाल कलेजमा एचम्ल्याहा शिशु जन्माएकी हुन् ।

बिहीबार मणिपाल कलेजमा तीन छोरी र एक छोरा जन्माएकी सुनिताले पहिलो बच्चा छोरी १.६ किलोग्राम तौलकी छोरी, दोस्रो १.३ किलो ग्रामको छोरा, तेस्रो छोरी १.३ किलो ग्राम र चौथो १.४ किलोग्रामकी छोरीलाई जन्म दिएकी हुन्।

हाल ती सबै शिशुको अवस्था सामान्य छ। सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ। तर चार शिशुको कुल तौल ५.६ रहेको अस्पतालले जनाएको छ।

मणिपाल शिक्षण अस्पातलमा डा. महेन्द्र पाण्डे सहितको ४ जनाको टोलीले शल्यक्रिया गरेरका थिए। चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ। यसअघि काठमाडौंको सिनामंगल अस्पतालमा पनि खगित्रा शाहीले एकैपटक चार शिशुलाई जन्म दिएकी थिइन्।