१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनिताले जन्माइन चम्ल्याहा शिशु



अ+ अ-

कास्की । स्याङ्जाको पुतलीबजार १ की २६ वर्षीया सुनिता पौडेल प्रधानले चार शिशु जन्माएकी छन्। सुनिताले पोखराको मणिपाल कलेजमा एचम्ल्याहा शिशु जन्माएकी हुन् ।

बिहीबार मणिपाल कलेजमा तीन छोरी र एक छोरा जन्माएकी सुनिताले पहिलो बच्चा छोरी १.६ किलोग्राम तौलकी छोरी, दोस्रो १.३ किलो ग्रामको छोरा, तेस्रो छोरी १.३ किलो ग्राम र चौथो १.४ किलोग्रामकी छोरीलाई जन्म दिएकी हुन्।

हाल ती सबै शिशुको अवस्था सामान्य छ। सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ। तर चार शिशुको कुल तौल ५.६ रहेको अस्पतालले जनाएको छ।

मणिपाल शिक्षण अस्पातलमा डा. महेन्द्र पाण्डे सहितको ४ जनाको टोलीले शल्यक्रिया गरेरका थिए। चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ। यसअघि काठमाडौंको सिनामंगल अस्पतालमा पनि खगित्रा शाहीले एकैपटक चार शिशुलाई जन्म दिएकी थिइन्।