१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नईबाट नेपालका लागि हिड्यो रेल, नेपाल पुग्न १५ दिन लाग्ने



अ+ अ-

काठमाडौं । नेपालका लागि चेन्नइबाट जानकी रेल हिडेको छ । जनकपुर-जयनगर रूटका लागि निर्मित रेल सेट नेपालका लागि चेन्नइबाट हिडेको हो।

बुधबार भारतीय कम्पनी कोंकर्ण रेलवे कर्पोरेशनले एक सेट ट्रेन चेन्नेइस्थित आफ्नो सवारी डिब्बा कारखानाबाट जनकपुर पठाएको हो। रेल सेवा सञ्चालन भइरहेका रुटहरूमा ट्रयाक खाली रहने समय पारेर ल्याउनुपर्ने भएकाले नेपाली जनकपुरसम्म आइपुग्न १५ दिन लाग्ने रेल विभागका अधिकारीहरूले बताएका छन्।

पेन्टिङको काम पूरा भएसँगै नेपालका लागि रेल सेट पठाएको कम्पनीले जनाएको छ। चेन्नइबाट विजयवाडा, इटारसी, इलाहावाद र पटना भएर विहारको जयनगर हुँदै रेल जनकपुर आइपुग्नेछ।

नेपाली झण्डाको रंग लगाएको ‘जानकी’ को इञ्जिन र डिब्बा आइपुग्ने तय भएपछि यता रेल विभागमा रेल सेवा नियमित सञ्चालनको तयारी भइरहेको छ। ‘ट्रेन सेट आइपुगेपछि नियमित सञ्चालनका लागि हामी आवश्यक व्यवस्थापन गरिरहेका छौं,’ विभागका महानिर्देशक बलराम मिश्रले भने।

विभागका अनुसार अहिले रेल सञ्चालनका लागि कर्मचारी नियुक्ति प्रक्रिया फाष्ट ट्रयाक गर्न लागिएको छ। रेलवे कम्पनी ब्युँताएर रेल सेवा सञ्चालन गर्न लागिएको हो। करिब २ सयजना कर्मचारी आवश्यक पर्ने रेल विभागले जनाएको छ। मन्त्रीपरिषदबाट स्वीकृति लिएर तत्कालका लागि रेल चलाउने केही प्राविधिक भने भारतबाट ल्याइने छ। बाँकी कर्मचारी यहीँ भर्ना गरिने छ। नेपाली प्राविधिकहरू रेल चलाउन सक्षम भएपछि भारतीय प्राविधिकलाई फिर्ता गरिदिने बताइएको छ।