८ आश्विन २०८१, मंगलवार
,
Latest
महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी लुम्बिनि विकास कोषमा तनावः निर्माण व्यवसायीले घेरे पदाधिकारी, समस्याको कारक सदस्य सचिव लामा भएको आरोप प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’ राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छ: बुद्धिमान तामाङ नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठकअघि सभामुखको उम्मेदवार टुंगो लगाउने तयारीमा नेकपा



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसद बैठकअघि सभामुखको उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ । लामो समयदेखि सभामुख चयन हुन नसक्दा संसद बैठक बस्न नसकिरहेका बेला नेकपाले सकेसम्म शुक्रबारसम्म नाममा सहमति जुटाउने प्रयास थालेको हो । केही समयको संवादहीनतापछि बिहिबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा चलेको लामो बैठकले सहमति खोज्ने निर्णय गरेको छ ।

अधिकतम लचकता अपनाइ शुक्रबारसम्म जसरी पनि नाममा सहमति जुटाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । अढाई घण्टासम्म चलेको ‘वान टू वान’ वार्तामा पछिल्लो समयदेखिएका असमझदारीका विषयमा खुलेर कुराकानी भएको थियो । प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष दाहाल र ओलीबीच सभामुख शुक्रबारभित्रै टुंग्याउने सहमति भएको एक नेताले जानकारी दिएका छन् । ‘शुक्रबार पुनः छलफल गरेर सभामुख टुंग्याउने निर्णय भएको छ’, बालुवाटार स्रोतले भन्यो ।

प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार, जो सभामुख भए पनि शुक्रबारभन्दा उता नलैजाने सहमति जुटेको छ । सभामुख बारेको अनिर्णयलाई नलम्ब्याइनेमा दुवै अध्यक्ष सहमत भएका हुन् । महासचिव विष्णु पौडेलले सोमबार बस्ने संसद बैठकअघि सभामुखमा सहमति जुटने बताए । उनले अबको बैठकबाट सभामुख चयनको प्रक्रिया अगाडी बढने जानकारी दिए । ‘माघ ६ गतेअघि नै सबै विषयलाई समाधान गर्नेगरी छलफल अघि बढेको छ । माघ ६ गतेको संसद बैठकबाट सभामुखको निर्वाचन प्रक्रिया शुरु हुन्छ,’ महासचिव पौडेलले भने, ‘पछिल्लो छलफल पनि निकै सकारात्मक भएको छ । बैठक पनि समाधानउन्मूख छ ।’

सभामुख चयन नहुँदा अन्य शक्तिले नेकपाभित्र खेल्ने खोजेको निष्कर्षमा दुवै अध्यक्ष भने पुगेका छन् । ‘यही विषयलाई लिएर केही नेताले प्रचण्डले पार्टीसमेत फुटाउन सक्ने खालको अभिव्यक्ति दिएको विषयमा पनि गम्भीर छलफल भएको छ’, स्रोतले भन्यो, ‘यस्ता शक्तिहरू खेल्न नपाउन भन्नका लागि पनि सभामुख चयन चाँडै गर्नुपर्छ भन्ने निष्कर्ष उहाँहरूबीचको हो ।’ प्रचण्ड केही दिनको अन्तरालपछि मात्र बिहीबार दिउँसो बालुवाटार पुगेका थिए । उपाध्यक्षमा प्रस्ताव गरिएका सचिवालय सदस्य बामदेव गौतमको घरमा ओली इत्तरका नेतासँग प्रचण्डले भेटेपछि ओली चिढिएका थिए ।

त्यसबीचमा दुई अध्यक्षबीच राम्रोसँग कुरासमेत हुन सकेको थिएन । उनीहरूबीच लामो समयदेखि सभामुख कसलाई बनाउने भन्नेमा विवाद रहँदै आएको छ । बिहीबारको छलफलमा पनि दुवै अध्यक्षले अडान भने नछाडेको स्रोतको भनाइ छ । जसले गर्दा मध्यमार्गी समधान निस्कने सम्भावना पनि कायमै छ । प्रधानमन्त्रीसमेत रहेका ओली अझै पनि सभामुखमा सुवास नेम्वाङ होऊन् भन्ने चाहाना राखिरहेका छन् । तर, प्रचण्ड भने सहमतिअनुसार सभामुख पूर्वमाओवादीले नै पाउनुपर्ने अडानमा पछि हटेका छैनन् ।

दुवै अध्यक्षको अडानकाबीचमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले तत्काल राजीनामा नदिने बताएपछि नेकपाभित्र थप जटिलता उत्पन्न भएको छ । उनले पहिलो सभामुखको नाम तय गर्नुहोस् अनिमात्र राजीनामा दिने बताएपछि दुई अध्यक्ष पुनः छलफलमा जुटेका हुन् । गएको आइतबारपछि पहिलो पटक भएको भेट सकरात्मक भएको बिफ्रिङ प्रचण्डले आफू निकट नेताहरूसँग गरेका छन् । भेटपछि आफ्नो निवास खुमलटार आएका नेताहरूसँग उनले बिहीबारको छलफल सकरात्मक भएको र संसद बैठकअघि सहमति हुने बताएका छन् । ‘बिहीबारको बैठक सकरात्मक भएको छ ।

सभामुख चयन प्रक्रियालाई लम्ब्याउन नहुनेमा दुई अध्यक्षको एकमत रहेका छन्,’ स्रोतले भन्यो, ‘उपसभामुखको राजीनामा गराउने र संसद्को गतिरोध अन्त्य गर्नेबारे सकारात्मक ढंगले कुराकानी भएको छ ।’ बिहीबार बिहान साढे ११ बजे बालुवाटार पुगेका प्रचण्ड दिउँसो २ बजे मात्र बाहिरिएका थिए । ओली र प्रचण्ड भेट हुनुअघि बालुवाटार र खुमलटारमा प्रधानमन्त्री र कार्यकारी अध्यक्षले आफू निकट नेतासँग छलफल गरेका थिए । प्रचण्डसँग भेट गर्नुअघि बालुवाटारमा प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङलगायतसँग छलफल गरेका थिए ।

प्रचण्ड निवास खुमलटारको छलफलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, जनार्दन शर्मा, अग्नि सापकोटालगायतका नेता सहभागी थिए । संसद्मा झन्डै दुई तिहाई मतका साथ बलियो उपस्थिति रहेको नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा संसद् एक महिना बन्धक बनिसकेको छ । बन्धक संसद् खुलाउने र पार्टीभित्रको धु्रवीकरण तोड्न नेकपाका दुई अध्यक्षको भेटलाई महत्वका साथ हेरिएको छ ।

सभामुख चयन गर्ने बताए पनि कसलाई बनाउने भन्ने विषयमा अझै पनि दुई अध्यक्षबीचमा कुराकानी भएको छैन । जसले गर्दा शुक्रबार नै सहमति जुट्ने सम्भावना कम रहेको पनि केही नेताहरू बताउँछन् । भेटमा दुई अध्यक्षबीच एमसिसीको विषयमा पनि छलफल भएको थियो । अमेरिकी सहयोग परियोजना एमसिसीलाई पारित गर्ने कि नगर्ने भन्नेमा नेकपाभित्र विवाद छ । सौर्य दैनिकबाट