२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

२० लाख बढी ज्येष्ठ नागरिकले बुझ्छन् सामाजिक सुरक्षा भत्ता

२० लाख बढी ज्येष्ठ नागरिकले बुझ्छन् सामाजिक सुरक्षा भत्ता
अ अ+ अ-

काठमाडौंँ । सरकारले अघि बढाएको सामाजिक सुरक्षा भत्ताको कार्यक्रमबाट २० लाख ९ हजार १ सय ६९ जेष्ठ नागरिक लाभान्वित भइरहेका छन् ।

आईतवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्रालयकी सचिव राधिका अर्यालले यस्तो जानकारी दिनुभएको हो । ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरीय र सम्मानित बनाउन थप विशेष व्यवस्था आवश्यक रहेको विषयमा जरुरी सार्वजनिक महत्वको प्रश्तावमाथि छलफलमा बोल्दै उहाँले सरकारले ज्येष्ठ नागरिकलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँकाअनुसार हाल ७० वर्षभन्दा माथिका १६ लाख ६० हजार ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन् ।

साथै ६० वर्ष पूरा गरेका १ लाख ६१ हजार दलित ज्येष्ठ नागरिक, १ लाख ७१ हजार एकल महिला तथा तोकिएको क्षेत्रमा ६० वर्ष पूरा गरेका १७ हजार १६९ ज्येष्ठ नागरिक पनि सामाजिक सुरक्षाको दायरामा रहेका छन् । सबै लाभग्राही ज्येष्ठ नागरिकले मासिक चार हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेको अर्यालले जानकारी गराउनु भयो । सचिव अर्यालले सबै सार्वजनिक सवारी साधनमा कम्तीमा दुई सिट ज्येष्ठ नागरिकको लागि सुरक्षित गरिएको तथा यात्रुवाहक भाडादरमा न्युनतम ५० प्रतिशत छुट उपलब्ध गराइएको बताउनु भयो । स्वास्थ्य सेवातर्फ सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकका लागि बहिरंग र अन्तरंग सेवामा निश्चित सेवा सहितको सैया वार्डको व्यवस्था गरिएको उहाँको भनाइ छ । उहाँले उपचार शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था लागू गरिएको उल्लेख गर्दै हाल ७७ जिल्लाका ९४ वटा अस्पतालबाट यस्तो सेवा प्रवाह भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिकलाई लक्षित गरी मन्त्रालयले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । अहिले सामाजिक सुरक्षाका कार्यक्रमहरु सञ्चालन गरिएका छन् । हालसम्म सामाजिक सुरक्षा प्राप्त गर्ने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या १६ लाख ६० हजार रहेको छ । त्यसैगरी ६० वर्ष पूरा भएका दलित ज्येष्ठ नागरिकको संख्या १ लाख ६१ हजार, ६० वर्ष पूरा भएको एकल महिला १ लाख ७१ हजार र क्षेत्र तोकिएर ६० वर्ष पुरा भएका जेष्ठ नागरिक १७ हजार १ सय ६९ छ । यो गत आर्थिक वर्षको २०८१/८२ को तथ्यांक हो । उहाँहरुले मासिक ४ हजारका दरले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आइरहनुभएको छ । त्यसैगरी यातायात सेवामा समेत छुट सुविधा प्रदान गरिएको छ । सबै सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकका लागि कम्तिमा दुई वटा सिट सुरक्षित गरिएको र यात्रुवाहक भाडादरमा कम्तिमा ५०  प्रतिशत छुट गरिएको छ । स्वास्थ्य सेवा तथा औषधि उपचारको क्षेत्रमा ज्येष्ठ नागरिकहरुको लागि सरकारी, सामूदायिक तथा निजी स्वास्थ्य संस्थाहरुमा बहिरंग तथा अन्तरंग सेवामा निश्चित सेवासहितको सैया वार्डको व्यवस्था गरी स्वास्थ्य सेवा लिनसक्ने व्यवस्था गरिएको छ । यद्यपि ज्येष्ठ नागरिकको सेवा प्रवाहको प्रभावकारिताको सम्बन्धमा प्रश्न रहेको छ । यसलाई पूर्ण प्रभावकारी बनाउन सकिएको छैन । स्वास्थ्अय संस्थाले तोकेको संख्यामा जेष्ठ नागरिकले उपचार गराउँदा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिइएको छ । ७७ जिल्लाका ९४ वटा अस्पतालहरुमा हाल यस्तो सेवा उपलब्ध हुनसक्छ । ७० वर्षभन्दा माथिका सबै जेष्ठ नागरिकहरुको लागि १  लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराइएको छ ।’

७० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकका लागि एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बीमा सुविधा उपलब्ध गराइए पनि सेवा प्रवाहको प्रभावकारितामाथि प्रश्न उठिरहेको सचिव अर्यालको स्वीकारोक्ति छ ।