२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

टी–२० विश्वकपः नेपालले इङ्ल्यान्डकाे सामना गर्दै, यस्तो छ वानखेडेको पिच रिपोर्ट

टी–२० विश्वकपः नेपालले इङ्ल्यान्डकाे सामना गर्दै, यस्तो छ वानखेडेको पिच रिपोर्ट
अ अ+ अ-

काठमाडौँ । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । नेपालले आफ्नो पहिलो खेल २०२२ को टी–२० विश्वकप च्याम्पियन इङ्ल्यान्डसँग खेल्दैछ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा हुनलागेको नेपाल र इङ्ल्यान्ड बिचको खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजेबाट सुरु हुनेछ ।

क्रिकेट इतिहासमा नेपालले पहिलो पटक इङ्ल्यान्डको सामना गर्दैछ । पूर्व च्याम्पियन इङ्ल्यान्ड आईसीसी वरीयतामा तेस्रो स्थानमा छ। नेपाल भने वरियता क्रममा एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको छ । ह्यारी ब्रुकको नेतृत्वमा रहेको इङ्गल्याण्डको टिममा जस बटलर, जोफ्रा आर्चर, साम कुरान, आदिल रसिदजस्ता प्रमुख खेलाडीहरू रहेका छन् ।

विभिन्न प्रतियोगिता तथा मैत्रीपूर्ण खेलका साथै प्रशिक्षणपछि ‘वार्मअप म्याच’बाट निखारिएका नेपाली खेलाडीहरू विगतको भन्दा अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यका साथ मुम्बईको क्रिकेट मैदानमा उत्रदैछन् । एसियाली र पूर्वी एसिया प्रशान्त छनोटमा नेपाल अपराजित रह्यो । समूह चरण र सुपर सिक्स राउन्डमा आफ्ना सबै खेल जितेर नेपाल विश्वकपका लागि छनोट भएको थियो । नेपालले २०१४ को विश्वकपमा अफगानिस्तानलाई पराजित गरेको थियो ।

पिच रिपोर्ट

वानखेडेको पिच सधैं रनका लागि परिचित छ। छोटो बाउन्ड्रीका कारण पावर हिटरहरूलाई ठूला शटहरू खेल्न सजिलो बनाउनेछ । सुरुवाती ओभरहरूमा तेज बलरहरूले स्विङ पाउन सक्छन्, तर स्पिनरहरूले यहाँ सहयोग पाउने सम्भावना कम हुन्छ। यहाँको औसत स्कोर १८०ं रहेको छ ।

मौसम रिपोर्ट

शनिबार मुम्बईको तापक्रम लगभग ३३ डिग्री सेल्सियस रहनेछ। उच्च आर्द्रताले खेलाडीहरूलाई समस्या निम्त्याउन सक्छ । खेल साँझमा हुने भएकाले दोस्रो इनिङमा शीत प्रमुख कारक हुनेछ । मौसम विभागका अनुसार मुम्बईमा वर्षाको सम्भावना छैन ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।

इङ्ग्ल्यान्ड टोली

ह्यारी ब्रूक (कप्तान), रेहान अहमद, जोफ्रा आर्चर, टम ब्यान्टन, जेकब बेथेल, जोस बटलर, साम करन, लियाम डसन, बेन डकेट, विल ज्याक्स, जेमी ओभरटन, आदिल राशिद, फिल साल्ट, जोस टङ र ल्यूक वुड।