२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

वरिष्ठ कलाकार सुनिल थापाको निधनले कला क्षेत्रमा अपूरणीय क्षति भएको छः हरिवंश आचार्य

वरिष्ठ कलाकार सुनिल थापाको निधनले कला क्षेत्रमा अपूरणीय क्षति भएको छः हरिवंश आचार्य
अ अ+ अ-

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले अभिनेता सुनिल थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालको कला र खेलकुद दुवै क्षेत्रका लागि ठूलो क्षति भएको बताउनुभएको छ ।

चलचित्र विकास बोर्डमा आयोजित श्रद्धाञ्जली सभामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आचार्यले थापाको बहुआयामिक व्यक्तित्व र अन्तर्राष्ट्रिय ख्यातिको चर्चा गर्नुभएको हो ।

आचार्यकाअनुसार सुनिल थापाले नेपाली कलाकारको पहिचानलाई बलिउड, हलिउड र नेटफ्लिक्सजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूसम्म पु¥याउन महत्वपूर्ण भुमिका खेल्नुभएको थियो । उहाँका फिल्महरू हेर्दा यो नेपाली मान्छे हो भनी गर्व गर्ने अवसर मिलेको स्मरण गर्दै आचार्यले उहाँको अन्तर्राष्ट्रिय छापको उच्च प्रशंसा गर्नुभयो । अभिनय यात्रा शुरु गर्नुअघि थापा भारतको राष्ट्रियस्तरको फुटबल खेलाडी भएको तथ्यलाई समेत आचार्यले उजागर गर्नुभयो । उहाँले थापाको अभावमा भारतीय मित्रहरूबीच ‘सुनिल थापा हाम्रो मान्छे हो’ भनेर गर्वका साथ परिचय दिने गौरवपूर्ण क्षणहरू अब इतिहास बनेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको प्रतिनिधित्व गरेर संसारभर नै नेपालको आर्टिस्टको छाप छोड्नुभएको थियो। उहाँ नेपालमा मात्र होइन बलिउडमा इभन हलिउडका साथै नेटफ्लिक्सहरूमा उहाँको सिनेमाहरू हेर्दाखेरि यो नेपालको मान्छे हो भनेर गर्व गर्ने ठाउँ थियो हाम्रो । र उहाँ कलाकार हुनुभन्दा अगाडि एउटा असाध्यै राम्रो फुटबल प्लेयर पनि हुनुहुन्थ्यो । उहाँ इन्डियाको नेशनल प्लेयर फुटबलर पनि हो । र सम्पूर्ण क्षेत्रमा ठुलो क्षति भएको छ । र हामीले सुनिल थापा हाम्रो मान्छे भनेर भारतीय मित्रहरूलाई भेट्दाखेरि पनि हामीले भन्ने अवसर पाउँथ्यौँ । त्यो सबै अब इतिहास भयो नेपाली चलचित्रको लागि। र मैले उहाँसँग दुई वटा चलचित्रमा सँगै काम गर्ने अवसर पाएको थिएँ । एउटा तँ त साह्रै बिग्रिस नि बद्री, अर्को जे भो राम्रै भो भनेर । र उहाँले हाम्रो चलचित्रमा काम गरिदिएर हाम्रो चलचित्रलाई नै एउटा राम्रो चलचित्र बनाउन ठूलो योगदान दिनुभयो । र कहिले पनि कुनैपनि मान्छेलाई कहिले पनि दुःख नदिने प्रवृत्तिको मान्छे हुनुहुन्थ्यो उहाँ ।’

आचार्यले आफूले थापासँग ‘तँ त साह्रै बिग्रिस नि बद्री’ र ‘जे भो राम्रै भो’ जस्ता लोकप्रिय चलचित्रमा सँगै काम गर्ने अवसर पाएको उल्लेख गर्नुभयो । थापाको उत्कृष्ट अभिनय र सहयोगले ती चलचित्रहरूलाई सफल बनाउन ठूलो योगदान पु¥याएको र उहाँ कहिल्यै कसैलाई दुःख नदिने अत्यन्तै सरल र भद्र स्वभावको व्यक्ति भएको आचार्यले स्मरण गर्नुभयो ।