२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणेशमान सिंह स्मृति किक बक्सिङ सुरु



अ+ अ-

ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता बिहीबारदेखि ललितपुरको चापागाउँस्थित प्याङगाउँमा सुरु भएको छ । प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एक कार्यक्रमबीच उद्घाटन गरे । पहिलो दिन पुरुष ५५ केजीमा रेजका मदनकृष्ण डंगोल, मकवानपुरका सागर राई, मुवाँथाईका दावा फुन्जो शेर्पा, सो क्योकुसिनका मनीष दर्लामी, उसुका जीवन विष्ट, नेपाल प्रहरीका दीपेन्द्र सिन्जाली मगर, नेपाल आर्मीका तारा तामाङ र एपीएफका फुर्वा शेर्पा क्वाटरफाइनलमा प्रवेश गरे ।

महिला ५० केजीमा आर्मीकी रुविका खड्का, आईकेकेएफकी करिष्मा कार्की, सो क्योकुसिनकी दीपा शाही, एपीएफकी सन्जुमाया थिङ, मुवाँथाईकी डेनिका राई, आर्मीकी शान्ति थापा मगर र अञ्जना ढुंगेल क्वाटरफाइनलमा पुगे । तीनदिने प्रतियोगितामा १ सय २२ खेलाडीले ११ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । पुरुषमा ६ र महिलामा ५ स्पर्धा समावेश छन् । प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ८–८ हजार नगद पुरस्कार पाउने छन् ।

टिममा पहिलो हुनेलाई १ लाख र दोश्रो हुनेलाई ५० हजार नगदबाट पुरस्कृत गरिने छ । उत्कृष्ट पुरुष/महिला खेलाडीले जनही २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उद्घाटनका अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जितेका आयशा शाक्य र मन्डेकाजी श्रेष्ठ, स्वर्ण विजेता विप्लवलाल श्रेष्ठ, रजत विजेता दिवस श्रेष्ठ, कांस्य विजेता विनोद शाक्य गुभाजु, मुकुन्द्र महर्जन र निकेश श्रेष्ठलाई सम्मान गरिएको थियो ।

आयशा तेक्वान्दो र निकेश उसुका हुन् भने बाँकी सबै करातेका हुन् । सोही अवसरमा सागमा प्रशिक्षकको भुमिका निभाएका करातेका गंगाराम महर्जन र दीपक श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।