५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

मतदान सामाजिक सञ्जालमा हुदैछ कि मत पेटिकामा ?

मतदान सामाजिक सञ्जालमा हुदैछ कि मत पेटिकामा ?
अ+ अ-

काठमाडौँ: लाग्छ, हिजोआजका प्रचार प्रचार एवं सामाजिक सञ्जालको अवस्था हेर्दा मतदान सामाजिक सञ्जालमै हुँदैछ । मतदान ब्यालट बक्समा भन्दा पनि मिडियामा हुन लागेको भान हिजोआजका प्रचारका शैली, विधि र प्रविधिहरुले बताइरहेका छन् ।

अहिले युट्युब, कन्टेन्ट क्रिएटर एवं सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरुले हाकाहाकी निर्वाचनको गोपनीयताको हनन् गरिरहेको अवस्था छ । उनहीहरुले मानिसहरुलाई भोट कसलाई दिनुहुन्छ भनेर सोधिरहेका छन् । कतिपय मानिसले त भनिरहेका छन् आफूले कसलाई मत दिँदैछु भनेर तर कति हिच्किचाइरहेका छन् । तर पनि मिडियाकर्मीहरुले भने कसलाई भोट दिनुहँछ भनेर सोधेको प्रश्नको जावाफ खोजेका अथवा चाहिरहेकै हुन्छन् ।

यस्तो अवस्था यतिखेर झापा जिल्लाको निर्वाचन क्षेत्र नं ५ मा बढी देखापरिरहेको छ । सो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र उता रास्वपाका नेता बालेन्द्र साह प्रतिस्पर्धा गरिरहेका छन् । त्यस क्षेत्रमा लाग्छ कि देशैभरका मिडिया जम्मा भएका छन् । र उनीहरुले मानिसहरुमा खुलम्खुला मत सर्वेक्षण गरिरहेका छन् ।

मतदान मानिसको गोपनीय अधिकार हो । उसले मतदान अघि र पछि पनि आफूले कसलाई मत दिँदैछु भन्ने कुरा सार्वजनिक रुपमै अभिव्यक्त गर्न बाध्य छैन । तर पनि मिडियाले सोधेकै छन् र भन्दिन भन्दा पनि मानिसहरु आफ्नो मताधिकारको खुलासा गर्न बाध्य छन् ।

अहिले सामाजिक सञ्जाल निर्वाचन आयोग मात्र नभएर उम्मेदबारहरुका लागि पनि ठूलो टाउको दुखाई बन्न पुगेको छ । हुनत निर्वाचन आयोगले आचारसंहिता निर्माण गरेको छ र त्यसको कार्यान्वयनका लागि अनुगमन पनि गरि नै रहेको छ । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई कारबाही पनि गरिरहेकै छ ।

यसअघिका निर्वाचनहरुमा मिडियाका अरु नै माध्यमहरु टाउको दुखाई थियो या बन्यो होला निर्वाचन आयोगलाई । तर अहिलेको प्रमुख चुनौती भने सामाजिक सञ्जाल बनेका छन् । मानिसहरुले एआईका माध्यमबाट फेक न्युज तथा भिडियो बनाएर निर्धक्कसँग सामाजिक सञ्जालका माध्यमबाट सेयर गर्ने गरेका छन् ।

केही दिन यतादेखि चुनावी गठबन्धनका लागि नेकपा एमालेका अध्यक्ष ओलीले नेपाली कम्युनष्टि पार्टीका अध्यक्ष प्रचण्डसँग प्रस्ताव राखेका तर पनि प्रचण्डले नमानेका समाचारहरु प्रचारमा ल्याइएको छ । त्यस्तै उता कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष ओलीबीच पनि यस्तै गठबन्धनका लागि कुरा भइरहेको भनेर प्रचार गरिएकै छ । तर यी दुवै प्रचार निराधार रहेका ती नेताहरु बताइरहेका छन् । यता भिडियो र समाचारका माध्यमबाट प्रचार गरिएकै छ ।

आजको अवस्था हेर्दा लाग्छ मानिसहरु मतदानका लागि ब्यालट बक्स राख्ने दिन फागुन २१ गते सम्म कुर्नेवाला छैनन् । उनीहरुले मानिसलाई अहिले नै जिताउन या हराउन हतारो गरिरहेका छन् । त्यसैले अहिलेको निर्वाचन सामाजिक सञ्जालले लडिरहेका छन् भन्दा फरक पर्दैन ।

मिथ्या सूचनाको प्रचारको माध्यम बनिरहेका सामाजिक सञ्जालहरुमा निर्माण भएका यस्ता भिडियो एवं अन्य सामग्रीहरु मुख्यत राजनीतिक दलहरुले नै बनाएका छन् । नयाँ त भए नै यसपटक पुरानै दलहरुले पनि एकले अर्कामाथि विरोध र दुष्प्रचार गरिरहेका सामाग्री उत्पादन र वितरण गरिरहेको जस्तो देखिएको छ । यसरी हेर्दा यो प्रतिस्पर्धा नै चलेको जस्तो देखिन्छ ।

अघिल्ला चुनावहरुमा खासमा केही बर्षयतादेखि अनलाइन मिडियाहरुलाई चुनौतीका रुपमा देखिएका थिए भने अहिले सामाजिक सञ्जाल र अझ पछिल्लो समय त एआई नै मुख्य चुनौती देखिन्छ । यो अवस्थालाई मिहीन ढंगबाट विश्लेषण गर्ने हो भने आगामी फागुन २१ को मतदान पनि ब्यालट बक्समा होइन कि सामाजिक सञ्जालमै हुन गइरहेको जस्तो देखिएको छ ।