१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थालमा गायिका राउतमाथी खास के भएको थियो ? हेरौ १० तस्बिर



अ+ अ-

काठमाडौं । केहि दिन यता समाजिक सञ्जालमा गायिका आस्था राउतको निकै चर्चा भईरहेको छ । महिला प्रहरीले आफूलाई असभ्य व्यवहार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जाल फेसबुकमा आक्रोशित भिडियो अपलोड गरेकी थिईन ।

भिडियोमा त्रिभुवन अन्तराष्टिय विमान स्थालको आन्तरीक विमानस्थल तर्फको सुरक्षा जाँचमा खटिएकी महिला प्रहरीले आफूलाई दुर्व्यवहार गरेको गायिका राउतले आरोप लगाएकी छिन् । आफूलाई असभ्य व्यवहार गर्दै ‘तँ’ शब्दको प्रयोग गरेको भन्दै एअरपोर्टबाट बाहिरिएपछि राउतले प्रहरी प्रशासनमाथि आक्रोश पोख्दै फेसबुक लाइभमा भनिन्, ‘एअरपोर्टबाट ३३ किलो सुन छिर्छ, दुनियाँ छिर्छ, लागुऔषध छिर्छ । कसैलाई खोल् ज्याकेट भन्ने हो ? राम्रोसँग भन्न सकिँदैन ?’

‘ठूला ठूला पदमा भएकाले ‘हजूर’ भन्ने अनि अरुले चाहिँ ‘तँ’ भन्न मिल्छ ? जबसम्म तलकाले राम्रो व्यवहार गर्दैनन्, तबसम्म माथिकाले ‘हजूर भनेर के काम ?’ भन्दै गायिका राउतले प्रश्न गरेकी छन् ।

यता महिला प्रहरी जवान रमिता श्रेष्ठले आफू ड्यूटीमा रहँदा गायिका राउतले गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै उजुरी दिनुभएको छ ।

हेरौ त्रिभुवन अन्तराष्टिय विमान स्थालमा खास भएको के थियो ? यी १० तस्बिर