३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराते पोखरामा



अ+ अ-

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२०, सचिवालय संगको सहकार्यमा नेपाल सितोरियो कराते डो संघले प्रथम गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप पोखरामा आयोजना गर्दै छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हुन लागेको प्रतियोगिता मार्च ५ देखि ९ तारिखसम्म हुने शुक्रबार केशरमहलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजीव थापाले जानकारी गराए । करिब ३० राष्ट्रबाट २ हजारको सहभागिता अपेक्षा गरिएको नेपाल सितोरियो कराते डो संघका अध्यक्ष दावा गुरुङले जानकारी दिए । सिनियर, जुनियर र भेट्रानमा गरी जम्मा २७ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले भ्रमण वर्ष २०२० लाई सफल बनाउन यो प्रतियोगिताले पनि सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै भ्रमण वर्षलाई सफल बनाउन हरेक क्षेत्रले आ–आफ्नो तर्फबाट सक्दो प्रयास गर्नु पर्ने धारणा व्यक्त गरे ।

नेपाल भ्रमण वर्ष २०२० का सदस्य–सचिव बच्चुनारायण श्रेष्ठले खेलकुदको माध्यमबाट पनि विदेशी पर्यटकलाई नेपाल आउन आकर्षित गर्न सकिन्छ भन्ने मान्यताका साथ प्रतियोगितालाई सहयोग गर्न लागिएको बताए । प्रतियोगिता सञ्चालन गर्न करिब ५ करोड खर्च हुने बताइएको छ ।