१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

काँग्रेसभित्रको व्यक्तिकेन्द्रित प्रवृत्तिको फाइदा कम्युनिष्टहरुले उठाए– डा.महत

काँग्रेसभित्रको व्यक्तिकेन्द्रित प्रवृत्तिको फाइदा कम्युनिष्टहरुले उठाए– डा.महत
अ अ+ अ-


काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाली काँग्रेसमा पछिल्लो चुनाव र त्यसपछि बढ्दो व्यक्तिकेन्द्रित प्रवृत्तिको फाइदा नेपालमा कम्युनिष्टहरुले उठाएका बताएका छन् ।
मुस्लिम संघ स्यांजाको तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले भने– नेपालमा आफै बलियो भएर र जनताले रुचाएर कम्युनिष्ट शासन आएको होइन, काँग्रेस पार्टीभित्र आफू भए ठीक अरु बेठीक भन्ने प्रवृत्ति तथा काँग्रेसले आफूले गरेको कामको प्रचार गर्न नसक्ने कमजोरीको फाइदा कम्युनिष्टहरुले उठाएका हुन् ।
संसारमा दुर्लभ हुदै गएको कम्युनिष्ट शासनको भ्रष्टाचार, कुशासन तथा एकपछि अर्काे गरी जनविरोधी कामहरुका कारण जनतामा निराशा र आक्रोस पैदा भएको मात्र होइन कि अघिल्लो चुनावमा कम्युनिष्टहरुलाई भोट दिएका जनता अहिले आएर निकै पछुताइरहेको उनले बताए ।
उनले जनतामा यो सरकारप्रति बढ्दै गएको निराशाको उदाहरण पछिल्लो उपनिर्वाचन भएको बताए । उनको भनाई थियो, हामीले नजितेको ठाउँहरु धरान र भक्तपुरमा जित्यौँ र अरु ठाउँमा पनि हाम्रो जीत हुने थियो तर सरकारका मान्छे र नेकपाका कार्यकर्ताहरुले जनतालाई घरघरमा पुगेर थर्काएर त्रास फैलाए ।
पुतलीबजारमा शनिबार आयोजित सो सभालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सहमहामन्त्री डा महतले भने– चुनवका बेला गर्नै नसक्ने कामका एजेण्डा देखाएर जनतालाई लोभ्याए तर अहिले भोट दिएकै जनता उनीहरुदेखि अवाक भएका छन्, पछुताइरहेका छन् । सरकारका यस्तै क्रियाकलापको भण्डाफोर गर्न र जनताका गुनासा र उनीहरुका समस्याहरु बुझ्न पनि कांग्रेसले अब देशभर अभियान चलाउनु पर्ने उनले बताए ।
नेपाली काँग्रेसले विसं २०४६ सालको परिवर्तनपछि देशको शिक्षा, स्वास्थ्य, पूर्वाधार आदि क्षेत्रमा धेरै काम गरेको, प्रमुख प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गरेको, संविधान सभाको निर्वाचन गरेको, विसं २०४७ र २०७२ का संविधान उसैको नेतृत्वमा जारी भएको तर पनि काँग्रेसको आफैले प्रचार गर्ने नगरेका कारण जनतामा पुग्न नसकेको उनको भनाई थियो ।
डा.महतले काँग्रेसका सबै कार्यकर्ताहरुलाई आफ्ना कामको प्रचार गर्न कम्युनिष्टहरुको शैली अपनाउन पनि सुझाव दिए । कम्युनिष्टहरुले आफूले गर्दै नगरेको काम त जनतालाई झुक्याएर बताएका छन् तपाईँहरुले कमसेकम आफूले गरेको काम त जनतालाई थाहा दिनोस् उनले भने ।
सभापति देउवाले पर्टीमा सहमति कायम गरेर र सबैलाई समेटेरै अघि बढ्छु भन्दाभन्दै ढिला भएको उनले बताए । उहाँ सबैलाई मिलाएर लानेमा हुनुहुन्छ । अब पार्टी अधिवेशनमा गइरहेको छ र नेपाली काँग्रेसका सचेत कार्यकर्ताहरुले आफ्नो नेता छान्नेछन् यसमा खासै विवाद गर्नुपर्ने केही छैन उनले भने ।
मतका आधारमा काँग्रेस अहिले पनि देशको सबैभन्दा ठूलो पार्टी रहेको उनले बताए । उनले भने– विसं २०७० को चुनावमा २९ प्रतिशत मत ल्याएको काँग्रेस पछिल्लो चुनावमा ३६ प्रतिशत मत पाएको छ र काँग्रेस नै सबै भन्दा धेरै मत ल्याउने पार्टी हो । तर अब कम्युनिष्टहरु मिलेर चुनावमा गएकोले अब अर्काे चुनावमा काँग्रेसले कम्तीमा पनि १० प्रतिशत भोट बढाउनेगरी लाग्नुपर्ने उनले बताए ।
उनले पार्टीको विधानमा अब आठओटा सहमहामन्त्री हुने प्रावधान राखिएको र त्यसमा एकजना मुस्लिम समुदायबाट पनि हुने प्रावधान रहेको भन्दै यसका लागि मुस्लिम समुदायलाई शुभकामना पनि दिए ।