१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकको बाह्रबिसेमा तनाव, बजारमा कर्फ्यु नै जारी



अ+ अ-

सिन्धुपाल्चोक । बाह्बिसे नगरपालिका वडा नम्बर ३, ४, र ९ को अरनिको लोकमार्ग स्थित बाह्बिसे बजारको सडक आसपासमा बनाइएको अस्थायी संरचना भत्काएको बिषयले स्थानीयको प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कफ्र्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज बिहान एक बिज्ञप्ति प्रकाशन गदै र्कफयु लगाएको जानकारी दिइएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङद्धारा हस्तक्षरित कफ्र्यु आदेशमा आइतबा विहान बिहान ८ः०० बजेदेखि बेलुकी ५ बजेसम्म र्कफयु लगाइएको जानकारी गराइएको छ ।

हुलदंगा र अशान्ति हुन सक्ने संभावना देखिएकोले स्थानीय प्रशासन ऐन २०२८ को दफा ३(क) बमोजिम र्कफयु लगाइएको प्रजिअ चेम्जोङले जानकारी दिएको छ । बाह्बिसे बजारदेखि पूर्वदिशा ३ सय मिटर, पश्च्यिम दिशा र्तफ भोटेकोशी नदीको मोटरेबल पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणदिशा तर्फ बाह्बिसे बजारबाट पिस्कर र क्षमादेवी जाने बाटोसम्म र्कफयु लगाइएको जानकारी दिइएको छ ।

टहरा हटाइएको बिषयमा असन्तृष्ट पक्षले शनिबार बाह्बिसे नगरपालिकाको कार्यालयमा प्रर्दशन र नाराबाजी गरेका थिए । उनीहरुले आइतबार बिहान ९ बजे नपाको कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम राखेका थिए । स्थानीयबासी हेमन्त श्रेष्ठले नगरपालिकाले बिना मापदण्ड र पक्षपाती ढंगले टहरा हटाएको कारण प्रर्दशन गर्नु परेको गुनासो गरेका छन् ।