१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

विद्यालय सञ्चालक उदासिन भएको भन्दै आनदोलनमा उत्रने

विद्यालय सञ्चालक उदासिन भएको भन्दै आनदोलनमा उत्रने
अ अ+ अ-

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन सामाजिक सुरक्षा योजना तथा वर्तमान श्रम ऐन कार्यान्वयमा विद्यालय सञ्चालक उदासिन भएको भन्दै आनदोलनमा उत्रने भएको छ । युनियनको केन्द्रीय समिति तथा प्रदेश समितिको आन्दोलनमा जाने निर्णयलाई झापा जिल्ला समिति तथा पालिका समितिले सर्वसम्मत अनुमोदन गर्दै आन्दोलनमा उत्रने भएको हो । बौद्धिक श्रमिकका रूपमा रहेका संस्थागत विद्यालयका शिक्षक, कर्मचारी, चालक लगायतलाई सामाजिक सुरक्षा योजनामा सहभागिता नगराएको तथा श्रम ऐन जारी भएको महिनौ वितिसक्दा पनि विद्यालय सञ्चालकहरू कार्यान्वयनमा उदासिन भएपछि युनियन आन्दोलनमा उत्रने भएको हो ।

युनियनको स्थापनाको १७ औं वर्ष प्रवेशको अवसरमा संस्थागत विद्यालय शिक्षक युनियन झापाले शिवसताक्षी नगरपालिकाको दुघेमा आयोजना गरेको विस्तारित बैठक तथा आगामी रणनीति तय कार्यक्रममा माघ तेस्रो साताबाट पालिका, जिल्ला, प्रदेश र संघीय सरकारको कार्यालयमा घेराउ, अनसन, अन्र्तरक्रियादेखि विद्यालयको कक्षा बहिस्कारसम्मका कार्यक्रम गरी ऐन कार्यान्वयन गराउन दवावमुलक कार्यक्रम गर्ने निर्णय सार्वजनिक गरेको छ ।

ऐनमा व्यवस्था गरिएको अनिवार्य चाडपर्व खर्च प्रदान गर्न बेवास्ता गरिएको, नियुक्तिपत्र नदिइ काम लगाइरहेको, विदा सुविधामा एकरूपता कायम नभएको, श्रम एनले तोकेको न्युनतम पारिश्रमिक रू १३४५० कार्यान्वयन नगरिएको, खाइपाइ आएको तलवलाई तहगत स्तर अनुसार कायम गरी न्युनतम पारिश्रमिक नघट्ने गरी योगदानमा आधारित पेन्सन कार्यक्रममा सहभागिता नजनाइएको लगायत समस्याको हल गर्न संस्थागत विद्यालय सञ्चालकले बेवास्ता गरेको ठहर सहित आन्दोलनमा जाने निर्णय सर्वसम्मत रूपमा पारित गरिएको छ ।

सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सरकार समेत कमजोर देखिनुले वर्तमान अवस्थामा हजारौं श्रमजीवि शिक्षक, कर्मचारीको कानुनी अधिकार हनन् गरिएकोमा चिन्ता व्यक्त गरिएको छ । विद्यालय सञ्चालकहरूले शिक्षक कर्मचारीको रगत पसिनाप्रति बेवास्ता गर्ने प्रबृत्तिले शोषणको पराकाष्ठा नाग्दै गएको भन्दै युनियनले यस्तो विकृति रोक्न शसक्त सकृयता देखाएको हो ।

संस्थागत विद्यालय शिक्षक युनियनका झापा अध्यक्ष होमराज खतिवडाको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश नम्बर १ का इन्चार्ज रोहिणी दवाडीको प्रमुख आतिथ्यमा प्रदेश नम्बर १ का अध्यक्ष यादव अधिकारी, केन्द्रीय सदस्य एन पी लामिछाने, बालकृष्ण दाहाल लगायत प्रदेश समिति, जिल्ला समिति र पालिका अध्यक्ष, सचिवहरूको सम्युक्त बैठकले केन्द्रीय समिति तथा प्रदेश समितिको निर्णयलाई सदर गर्दै आनदोलनमा जाने निर्णय गरेको छ ।