२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

हामीभन्दा नयाँ कोही छैन, नयाँ भन्नेहरू दलालका एजेन्ट हुन्ः पुष्पकमल दाहाल

हामीभन्दा नयाँ कोही छैन, नयाँ भन्नेहरू दलालका एजेन्ट हुन्ः पुष्पकमल दाहाल
अ अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिनुभएको छ ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने र उत्पीडित वर्गको हक–अधिकार सुनिश्चित गर्ने आफ्नो पार्टी नै मुलुकको सबैभन्दा नयाँ र प्रगतिशील शक्ति भएको दाबी गर्नुभएको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम र थारूलाई पहिचान र अधिकार दिने एकमात्र पार्टी आफ्नो भएको जिकिर गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै दाहालले तथाकथित नयाँ भन्नेहरूकै कारण देश संकटमा परिरहेको टिप्पणी गर्नुभयो । दाहालले विचार र एजेण्डाका आधारमा मात्र को नयाँ र को पुरानो भन्ने छुट्याउनुपर्ने तर्क गर्दै राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति नै वास्तविक नयाँ भएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘नयाँ र पुरानाका कुरा छन् । आजभोलि नयाँ नयाँ भन्नेतिर मान्छेहरुलाई सोसल मिडियामार्फत निकै नै होहल्ला गरिएको छ । नेपालमा हामी भन्दा नयाँ कोही पनि छैनन् । नेपाली कम्युनिष्ट पार्टी मात्रै नयाँ हो । नेपाली कम्युनिष्ट पार्टी सबैभन्दा नयाँ हो । किनकी यो गणतन्त्रको वाहक हो । संघीयताको वाहक हो । महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारुलाई पहिचान र अधिकार दिने एकमात्र पार्टी हो नेपाली कम्युनिष्ट पार्टी । आजकाल नयाँ भनेर सोसल मिडियामा होहल्ला गर्नेहरु नयाँ हुन् ? ति सबैभन्दा पुराना हुन् । ति दलाल पुँजीपति र विचौलियाहरुको इसारामा चल्नेहरु कसरी नयाँ हुनसक्छन् ? तपाईंहरुले जनतालाई भनिदिनुस्, घरघरमा गएर, टोल टोलमा गएर नयाँ भनेको नेपाली कम्युनिष्ट पार्टी हो । जसले जनताको हक अधिकार र पहिचानको लडाईं लड्यो । जसले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यो । त्यो चाहीँ पुरानो रे । दलाल र विचौलियाहरुको गुणगान गाउने ति चाहीँ नयाँ ? तपाईंहरुले जनतालाई भनिदिनुप¥यो राम्रैसँग । नयाँ केलाई भन्ने जसको विचार, एजेण्डा नयाँ छ त्यही नयाँ हो । जसले राष्ट्र र जनताको हितको निम्ति आफूलाई समर्पित गर्दछ, त्यही नयाँ हो ।’

संयोजक दाहालले परिवर्तनको माध्यममा बसेर परिवर्तनकै वाहकहरुलाई गाली गर्नेहरु नयाँ हुन नसक्ने बताउनु भयो । देश अहिले संकटमा रहेको पनि बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै तथाकथित नयाँ भन्नेहरुकै कारण देश संकटमा रहेको टिप्पणी गर्नुभयो ।