२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

वीरगञ्जमा मान्छे नभएका घरमा लक्षित गर्दै गरगहना चोरी

वीरगञ्जमा मान्छे नभएका घरमा लक्षित गर्दै गरगहना चोरी
अ अ+ अ-

वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा मान्छे नभएको घरलाई लक्षित गर्दै यहाँ सुन–चाँदीलगायत गरगहना चोरीका घटना सार्वजनिक भएका छन् ।

यही माघ १२ गते वीरगञ्ज–१५ स्थित एनआई कलेज जाने सडक नजिकै रहेको श्यामकिशोर लाल कर्णको घरबाट करिब रू ५० लाख बराबरको सुनचाँदी चोरी भएको छ । घरमा कोही नभएको मौका पारेर तीन जना अपरिचित व्यक्ति सो मूल्य बराबरको सुनचाँदीका गरगहना चोरेर फरार भएका हुन् ।

माघ १३ गते त्यस्तै वीरगञ्ज–१४ स्थित लिङ्करोडस्थित वीरेन्द्र सिंहको घरबाट मूल्य यकीन नभएको सुन र घडी चोरी भएको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा परेको छ । पछिल्ला यी दुई घटनाले पर्सामा घरमा मान्छे नभएको मौका छोपेर सुनचाँदीलगायत गरगहना चोरी भएको देखाउँछ ।

पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतले मान्छे नभएको घरलाई लक्षित गरेर सुनचाँदीलगायत गरगहनाको चोरीका घटना भएको बताउनुभयो । “केही दिनयता वीरगञ्ज महानगर आसपासमा दुई वटा चोरी भएको उजुरी आएको छ”, उहाँले भन्नुभयो, “अहिले प्रहरीसँग भएको उपलब्ध स्रोतसाधन र विधिको प्रयोग गरेर चोरी गर्नेको खोजी कार्य जारी राखेका छौँ ।”

पर्सा प्रहरीका प्रवक्ता बस्नेतले अधिकांश घरमा मान्छे नभएको मौका छोपेर चोरीका घटना भएको अनुसन्धानले देखाएको बताउनुभयो । “सकभर आफ्नाको घरको सबै सदस्य बाहिर जानुपर्ने अवस्था आएको खण्डमा स्थानीय प्रहरीलाई खबर गरेर जानका लागि सर्वसाधारणसमक्ष अनुरोध गर्दछौँ, त्यस्तो खबर पाएको खण्डमा प्रहरीले निगरानी बढाएर आवश्यक सुरक्षा प्रबन्धको व्यवस्था मिलाउने थियौँ”, उहाँले भन्नुभयो ।

प्रवक्ता बस्नेतले दुई चोरीका घटनाको विषयमा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको दाबी गर्नुभयो । पर्सा जिल्लामा चालु आर्थिक वर्षको माघ तेस्रो सातासम्म चोरीसम्बन्धी २६ मुद्दा दर्ता भएका छन् । त्यसमध्ये ४४ जना प्रतिवादी पक्राउ परेका छन् भने नौ जना प्रतिवादी फरार रहेका छन् । चोरीमा संलग्न रहेका १३ प्रतिवादी पुर्पक्षका लागि थुनामा पठाइएको छ भने २४ जना प्रतिवादी धरौटी राखेर छुटेका छन् । हालसालै छ जना चोरीमा संलग्न अभियुक्तलाई अदालतबाट म्याद थप गरेर अनुसन्धानका क्रममा रहेको पर्सा प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्ष २०८१र८२ मा पर्सामा ३८ वटा चोरीका मुद्दा दर्ता भएका थिए । त्यसमध्ये ५५ जना प्रतिवादी पक्राउ परेका थिए भने आठ जना प्रतिवादी फरार रहेका छन् । चोरीमा संलग्न रहेर पक्राउ परेका अभियुक्तमध्ये १७ जना प्रतिवादी पुर्पक्षका लागि थुनामा पठाइएको थियो भने ३६ जना धरौटी राखेर छुटेका छन् । दुई जना साधारण तारेखमा छुटेका थिए ।