४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

अभौतिक सांस्कृतिक सम्पदा विधेयकः ‘निर्णयको अधिकार सिफारिस समितिलाई नै दिइनुपर्छ’

अभौतिक सांस्कृतिक सम्पदा विधेयकः ‘निर्णयको अधिकार सिफारिस समितिलाई नै दिइनुपर्छ’
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले अभौतिक सांस्कृतिक सम्पदाको प्रवद्र्धनका लागि सिफारिस समितिलाई निर्णय लिने अधिकारसमेत सुनिश्चित गरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारस्थित राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको दफावार छलफलमा बोल्दै मन्त्री सिन्हाले यस्तो बताउनुभएको हो ।

हाल सिफारिस समितिको काम, कर्तव्य र अधिकार सिफारिस र राय पेस गर्नेमा सीमित रहेकाले निर्णय प्रक्रियामा अस्पष्टता रहेको उहाँको भनाइ छ । उहाँले समितिको सिफारिसलाई नै निर्णय मान्ने हो भने विधेयकमा स्पष्ट व्यवस्था गर्नुपर्ने अन्यथा सिफारिस प्राप्त भएपछि निर्णय गर्ने निकाय तोकिनुपर्ने आवश्यक औँल्याउनुभयो । उहाँले ‘चेक एण्ड ब्यालेन्स’को सिद्धान्तअनुसार प्रणाली सुदृढ बनाउनुपर्ने भन्दै आवश्यक सुदृढीकरण गर्ने अधिकार नेपाल सरकारकै अधिकार क्षेत्रमा राखिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘सिफारिस समितिको काम, कर्तव्य र अधिकार सिफारिस गर्ने र राय पेस गर्ने मात्र अधिकार दिइएको हुनाले त्यसै सिफारिसलाई निर्णय मान्ने हो भने त्यसलाई समेटेर लैजानुपर्यो । यदि उसले सिफारिस पठाएको छ भने निर्णय गर्नको निम्ति कोही त हुनुप¥यो । समितिले सिफारिस गरेको विषयलाई मान्ने हो वा त्यसको आधार र कारण खुलाएर निर्णय गर्ने हो ? यो विषयमा विधेयकलाई स्पष्ट बनाएर लैजानुपर्छ । ‘चेक एण्ड ब्यालेन्स’को विधि पनि अपनाउनुपर्ने भएको हुनाले सुदृढिकरण गर्नसक्ने कुरा नेपाल सरकारको अधिकारमा राखिने कुरा हो ।’

उहाँले विधेयकमा नीतिगत स्पष्टता कायम गर्दा शक्ति सन्तुलन र निगरानी प्रणाली सुदृढ हुने भन्दै सोहीअनुसार अघि बढ्न समितिलाई आग्रह गर्नुभयो ।