२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी
अ अ+ अ-

काठमाडौँ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपतिकतर्फको बन्दसूचीमा २५ देखि ८० वर्षभन्दा माथि उमेरका उम्मेदवार पनि समावेश भएका छन् । निर्वाचन आयोगको बन्दसूचीमा समाविष्ट विवरणअनुसार युवामा महिला उम्मेदवार र प्रौढमा तुलनात्मक रूपमा पुरुष उम्मेदवार बढी रहेको देखिएको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बन्दसूचीमा कूल तीन हजार १३५ उम्मेदवार रहेकामा महिला एक हजार ७७२ र पुरुष एक हजार ३६३ छन् । त्यसमा २५ देखि २९ उमेर समूहका महिला ११७ र पुरुष ५१ गरी १६८, ३० देखि ४० उमेर समूहका २०१ महिला र ८४ पुरुष गरी २८५, ३५ देखि ३९ उमेर समूहका २६८ महिला र १३३ पुरुष गरी ४०१, ४० देखि ४४ उमेर समूहका ३४१ महिला र १९४ पुरुष गरी ५३५ जना उम्मेदवार छन् ।

यसैगरी ४५ देखि ४९ उमेर समूहका महिला २९४ र पुरुष १६२ गरी ४५६, ५० देखि ५४ उमेर समूहका २२० महिला र १६६ पुरुष गरी ३८६, ५५ देखि ५९ उमेर समूहका १५५ महिला र २०० पुरुष गरी ३५५, ६० देखि ६४ उमेर समूहका १०३ महिला र १५८ पुरुष गरी २६१, ६५ देखि ६९ उमेर समूहका ४४ महिला र ११४ पुरुष गरी १५८, ७० देखि ७४ उमेर समूहका १९ महिला र ६७ पुरुष गरी ८६, ७५ देखि ७९ उमेर समूहका महिला नौ र पुरुष २३ गरी ३२ तथा ८० वर्ष माथिका एक महिला र ११ पुरुष गरी १२ उम्मेदवार बन्दसूचीमा समावेश छन् ।

समावेशी समूहका आधारमा आदिवासी जनजातितर्फ ९११, खसआर्यतर्फ ९४६, दलितर्फ ४२५, थारुतर्फ २०३, मधेसीतर्फ ५०२, मुस्लिमतर्फ १४८ जना उम्मेदवार समावेश छन् ।

आयोगमा गत पुस १३ र १४ गते ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए । तीमध्ये २२ दलले मात्रै ११० वटै स्थानमा उम्मेदवारी मनोनयन गरेका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारको बन्दसूचीमाथि परेका उजुरीका आधारमा आयोगले ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको थियो ।

ती उम्मेदवारमध्ये कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१, प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५, आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १०, २५ वर्ष उमेर पूरा नभएका चार, मतदाता नामावलीमा नाम समावेश नभएका एक, मतदाता नामावली पिछडिएका क्षेत्रमा नरहेका दुई, महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरूष उम्मेदवार पेस भएका एक, नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिआएका १० र अन्य कारण भएका दुई जना उम्मेदवारको नाम सूचीबाट हटाइएको आयोगले जनाएको छ ।

सूचीअनुसार औसत प्रति निर्वाचन चिह्नमा उम्मेदवारी दिने दलको सङ्ख्या ६० देखिएको छ । यस्तै, न्यूनतम् ११ स्थानमा बन्दसूची पेस गर्ने दलको सङ्ख्या १० रहेको छ । यसैगरी एकल चिह्न लिएका दलहरू १० रहेका छन् ।

निर्वाचनका लागि आयोगमा ९३ राजनीतिक दलले समानुपातिक प्रणालीमा उम्मेदवारी दिन आवेदन दिएकामा बन्दसूची पेस गर्ने भने ६३ दल मात्रै देखिएका छन् । ती दलमध्येबाट ५७ निर्वाचन चिह्न कायम गरिएका छन् ।