२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

स्वास्थ्य बीमामा देखिएको समस्याबारे सरकारले तत्काल संसदलाई जानकारी गराउनुपर्छः एमाले सांसद दाहाल

स्वास्थ्य बीमामा देखिएको समस्याबारे सरकारले तत्काल संसदलाई जानकारी गराउनुपर्छः एमाले सांसद दाहाल
अ अ+ अ-

राष्ट्रिय सभामा नेकपा (एमाले)की सांसद तुलसाकुमारी दाहालले स्वास्थ्य बीमामा देखिएको समस्याबारे स्पष्ट जानकारी संसदलाई गराउन सरकारसँग माग गर्नुभएको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सो माग गर्नुभएको हो । अस्पतालहरुमा बजेटको अभाव भन्दै सो कार्यक्रम बन्द भईरहेकाले सरकारले सो सम्बन्धमा के भएको हो भनि संसदमा जानकारी गराउनुपर्ने सांसद दाहालको भनाई थियो । उहाँले सर्वसाधारणलाई धेरै राहत भएको सो कार्यक्रमको लागि आवश्यक बजेटको व्यवस्था गर्ने कुरामा सरकारले ढिलाई गर्न नहुने बताउनु भयो ।

सांसद दाहालले भन्नुभयो,‘स्वास्थ्य विमाको विषयमा सर्वसाधारण जनताले उपयोग गरिरहेको विषयबस्तु अहिले अस्पतालहरुले सरकारले बजेट नदिएको कारण बन्द गर्नुपरेको भन्ने समाचारहरु बाहिर आइरहेका छन् । यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्युले चासो लिएको भन्ने पनि सुनियो । यसको व्यवस्थापनका लागि के भएको हो, जानकारी गराउन म सरकारसँग माग गर्दछु ।’ 

प्रधानमन्त्री सुुशीला कार्कीले पनि सो सम्बन्धमा चासो दिँदै आवश्यक स्रोतको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सांसद दाहालले जनसरोकारका त्यस्ता विषयहरुको व्यवस्थापनमा सरकारले तत्काल निर्णय गर्न आवश्यक रहेको बताउनु भयो ।