१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

विद्युत् चुहावटमा नियन्त्रण गर्न विशेष कार्ययोजना

विद्युत् चुहावटमा नियन्त्रण गर्न विशेष कार्ययोजना
अ अ+ अ-

तनहुँ । विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् चुहावटमा नियन्त्रण गर्न विशेष कार्ययोजना लागू गरेको छ । पछिल्लो समय जिल्लामा विद्युत् चुहावट बढ्दै गएपछि न्यूनीकरणको प्रयास थालेको वितरण केन्दले जनाएको छ । विद्युत् चुहावट हुने सम्भावित क्षेत्रको पहिचान गर्दै जनचेतनाका कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ । गत आर्थिक वर्षको तुलनामा आव ०७५/०७६ मा ७.५३ प्रतिशत विद्युत् चुहावटमा कमी ल्याउनसमेत केन्द्र सफल भएको छ ।

केन्द्रका सहायक प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर कुँवरले विद्युत् चुहावटमा कम कार्ययोजना लागू गरेको जानकारी दिए । उनले भने, “हुकिङ गरी विद्युत् चोर्ने, रुखमा छोइनेजस्ता कार्यले गर्दा विद्युत् चुहावट हुने गरेको छ ।” हुकिङ गरी विद्युत् चोरी गर्नेलाई निरुत्साहित गर्दै विद्युत् चुहावट हुने रुख, बिरुवा कटानी गर्ने कार्यलाई समेत प्राथमिकतामा राखेर हटाउन लागिएको छ ।
तनहुँमा कूल ३६ हजार २२३ ग्राहक सङ्ख्या रहेका छन् ।

कार्यालयले ३३ केभी लाइनबाट ३३.४९,११ केभी लाइनबाट ४६८.१ र एलटी लाइनबाट १२६१.६ विद्युत् परिमाण उत्पादन हुँदै आएको कार्यालयका इञ्जिनीयर रामबाबु चौधरीले जानकारी दिए। नेपाल विद्युत् प्राधिकरणको ३१५ र निजी ८२ थान ट्रान्सफर्मर जडान गरिएको छ ।