१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाले सापकोटालाई सभामूख बनाउने, वालुवाटारमा जुट्यो सहमती



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार टुंगो लगाएको छ । नेकपाले अग्नी प्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने सहमती जुटेको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा सापकोटाको नाममा सहमती जुटेको स्रोतले जनाएको छ । नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबिच छलफलपछि अपराह्न ४ बजे सचिवालय बैठक डाकेको हो।

तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालकी कर्मचारीमाथि यौनदुब्र्यबहारको आरोप लागेपछि रिक्त रहेको पदमा कसलाई उम्मेद्वार बनाउने भन्ने बिषयमा नेकपाभित्र विवाद रहेको छ । यो विवाद चर्कदै गएपछि एक महिनाअघि पुस ४ गतेबाट शुरु भएको संसदको हिउँदे अधिबेशनको बैठक लगातार स्थगित हुँदै आएको थियो। प्रतिनिधि सभाको बैठक पुस ११, १६ र २७ गते सूचना टाँस गरेर स्थगित भएको थियो। अर्को बैठक भोलि पुस ६ गतेलाई बोलाइएको छ।