१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जगदम्बा स्टिल उद्योगमा नेपाली कामदार न्यून



अ+ अ-

काठमाडौं । जगदम्बा स्टिल उद्योगमा नेपाली कामदार न्यून रहेको तथा कामदारको सुरक्षा व्यवस्था कमजोर रहेको भन्दै संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले अध्ययन गरी छलफल गर्ने भएको छ ।

आइतबार काठमाडौंमा बसेको समतिको बैठकले जगदम्बा स्टिल उद्योगमा नेपाली कामदार न्यून रहेको र श्रमिकहरुको सुरक्षा कमजोर रहेकोले अध्ययन गर्नुपर्ने जनाएको हो । समितिका सदस्यहरुले यसअघि चितवन, पर्सा र बारा जिल्लामा रहेका उद्योगहरुको अनुगमन गर्ने क्रममा जगदम्बा स्टिल उद्योगको समेत अनुगमन गरेको थियो । उद्योगमा नेपाली कामदार ५८ प्रतिशत मात्र रहेको र सामाजिक सुरक्षामा सहभागि नगराइएको तथा काम गर्दा समेत सुरक्षाका कुनै मापदण्ड पुरा नगरेको पाइएकाले समितिले थप अध्ययन गरि प्रतिवेदन पेश गर्न समिति सदस्य प्रकाश रसाईली स्नेहीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । सोही अनुसार उपसमितिले अध्ययन गरी संयोजक रसाईलीले आइतबारको बैठकमा प्रतिवेदन पेश गर्नुभएको समिति सभापति बिमलप्रसाद श्रीवास्तवले बताउनुभयो । उहाँले उक्त प्रतिवेदनमाथि थप अध्ययन गरी आवश्यक कारबाही अगाडि बढाइने समेत बताउनुभयो ।

उपसमितिले बुझाएको प्रतिवेदनमा जगदम्बा स्टिल उद्योगमा नेपाली कर्मचारी तथा कामदारहरुलाई प्राथमिकता नदिएको, औद्योगिक क्षेत्रको सञ्चालनमा प्रयाप्त स्थानको कमी देखिएको र कामदारहरुको जोखिम न्युनिकरणका लागि कुनै व्यवस्था नगरिएको उल्लेख छ ।