१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेल्जियमकी राजकुमारी काठमाडौंमा



अ+ अ-

काठमाडौं । बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आएकी छन्। राजकुमारी एस्ट्रिड आइतबार अपरान्ह त्रिभुवन विमानस्थलमा ओर्लिएकी हुन्।

राजकुमारी एस्ट्रिड माघ ११ गतेसम्म नेपाल बस्नेछिन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र स्वास्थ तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग छुट्टाछुटै भेटघाट गर्ने कार्यतालिका रहेको छ।

राजकुमारी एस्ट्रिडको एक हप्ता लामो नेपालको बसाईमा कैलाली, नवलपरासी र चितवन भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ। कैलालीमा उनले क्षयरोग सेन्टरको उद्घाटन समारोहमा सहभागी जनाउनेछन् भने त्यहाँका बिरामीहरुसँग पनि भेटघाट गर्नेछिन्।

त्यस्तै नवलपरासीको मिडपोइन्ट अस्पतालमा क्षयरोग र कुष्ठरोगका बिरामीहरुलाई समेत भेट्नेछिन्। उक्त अस्पतालमा उनकै अध्यक्षता रहेको बेल्जियमको गैरसरकारी संस्था डमियन फाउन्डेसनले सहयोग गर्दै आएको छ।