२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेल्जियमकी राजकुमारी काठमाडौंमा



अ+ अ-

काठमाडौं । बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आएकी छन्। राजकुमारी एस्ट्रिड आइतबार अपरान्ह त्रिभुवन विमानस्थलमा ओर्लिएकी हुन्।

राजकुमारी एस्ट्रिड माघ ११ गतेसम्म नेपाल बस्नेछिन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र स्वास्थ तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग छुट्टाछुटै भेटघाट गर्ने कार्यतालिका रहेको छ।

राजकुमारी एस्ट्रिडको एक हप्ता लामो नेपालको बसाईमा कैलाली, नवलपरासी र चितवन भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ। कैलालीमा उनले क्षयरोग सेन्टरको उद्घाटन समारोहमा सहभागी जनाउनेछन् भने त्यहाँका बिरामीहरुसँग पनि भेटघाट गर्नेछिन्।

त्यस्तै नवलपरासीको मिडपोइन्ट अस्पतालमा क्षयरोग र कुष्ठरोगका बिरामीहरुलाई समेत भेट्नेछिन्। उक्त अस्पतालमा उनकै अध्यक्षता रहेको बेल्जियमको गैरसरकारी संस्था डमियन फाउन्डेसनले सहयोग गर्दै आएको छ।