६ श्रावण २०८३, बुधबार
,
Latest
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश चलाउन गुच्चा खेलेको जस्तो होइनः ओली



अ+ अ-

काठमाडौँ ।नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनुभवहीन व्यक्तिहरूलाई प्रधानमन्त्री बन्ने दाबी गर्नु हाँस्यास्पद भएको बताउनुभएको छ ।

झापावासीहरुसँगको भेटघाटका क्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

अध्यक्ष ओलीले भोट हाल्ने भन्दा बढी अनुभव नभएकाहरूले देश चलाउने दाबी गर्नु हाँस्यास्पद रहेको बताउनु भयो । देश चलाउने कुरा कुनै खेल वा ठट्टा नभएको उहाँको भनाइ छ । देश चलाउन दर्शन, नीति र सिद्धान्त चाहिने उहाँको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै उहाँले एउटा पनि आम निर्वाचनको अनुभव नलिएको व्यक्ति प्रधानमन्त्री हुन्छु भनेर हिँडिरहेको टिप्पणी गर्नुभयो । उहाँले अमेरिकासहितका देशहरुमा अनुभव भएको व्यक्तिले नै सरकार चलाइरहेको दृष्टान्त दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा आम निर्वाचन लडेको छैन, प्रधानमन्त्री हुन्छु, हुन्छ भनिदिएको छ । प्रचार गरेको छ, होहल्ला मच्चाएको छ । हो की क्या हो भनेको जस्तो पारेको छ । कतिपय यस्ता मान्छे प्रधानमन्त्री हुन्छु भनेर पनि अगाडि सरेको देखिन्छ, जससँग काम गर्ने कुनै अनुभव छैन । केही नजानेका, गुलेली मट्याङ्ग्रा खेल्दै गरेका गुच्चा खेल्नेहरुलाई ल्याएर जिम्मा लगाइदिनुपर्ने अरे । अमेरिकामा के भनिन्छ, ८० वर्षका खलि खाएका अनुभवी त्यहाँ नेता छन् , त्यसकारण देश जोगिन्छ, देश बन्छ । नेपालमा त ७० वर्षका बुढाले देश चलाउँछ, भन्छन् । अनुभव भएकाले नै देश चलाउने हो । ’

अध्यक्ष ओलीले देश चलाउन, दर्शन, नीति र सिद्धान्त चाहिने बताउनु भयो ।