३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघ २५ देखि चामुण्डा मेयर कप स्नुकर



अ+ अ-

नेपाल विलियर्ड, स्नुकर तथा पुल संघको सहयोग तथा चामुण्डा स्नुकर क्लबको आयोजनामा प्रथम चामुण्डा गोकर्णेश्वर मेयर कप ओपन सिक्स रेड स्नुकर च्याम्पियनसिप माघ २५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा नेपालका विभिन्न ४५ जिल्ला र भारतका गरी २ सय ५६ खेलाडीको सहभागिता अपेक्षा गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा पूर्व राष्ट्रिय च्याम्पियन नेपाल विलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष सरोजकुमार मुल्मीले जानकारी गराए ।

नेपाली स्नुकरको इतिहासमा १ सय ४८ खेलाडी सहभागी प्रतियोगिता नै सबै भन्दा धेरै खेलाडी सहभागी भएको प्रतियोगिता हो । करिब ६ महिना अघि चामुण्डा स्नुकर क्लबले नै आयोजना गरेको चामुण्डा स्नुकर प्रतियोगितामा १ सय ४८ खेलाडी सहभागी भएका थिए । आयोजक क्लबका प्रबन्ध निर्देशक विनेश डंगोलले जिल्लाबाट आउने खेलाडीलाई बसोवास तथा भारतबाट आउने खेलाडीलाई बसोवास र खानाको व्यवस्था गरिने जानकारी दिए ।

भारतबाट करिब १७ खेलाडी आउने अनुमान गरिएको प्रबन्ध निर्देशक डंगोलले बताए । विजेताले १ लाख ५० हजार, उपविजेताले ६० हजार र तेश्रो हुने दुई खेलाडीलाई जनही २० हजार नगद पुरस्कार दिइने छ । ७५ अंकसम्म सर्वाधिक ब्रेककर्तालाई ३० हजार तथा सो भन्दा मुनी सर्वाधिक ब्रेककर्तालाई १५ हजार नगदबाट पुरस्कृत गरिने छ । उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी र उदीयमान खेलाडीलाई समान १०–१० हजार नगद प्रदान गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख खर्च हुने बताइएको छ । फागुन १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु जोरपाटीस्थित आयोजक क्लबको आफ्नै हलमा हुने छ । आयोजकका अुनसार सिक्स रेड स्नुकर प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको हो ।