१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्याडमिन्टन टोलीलाई खेल पोशाक



अ+ अ-

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपाली ब्याडमिन्टन टोलीलाई योनेक्सले खेल पोशाक प्रदान गरिएको छ । सागमा सहभागी समान १०–१० पुरुष/महिला खेलाडी, ६ प्रशिक्षक र २ व्यवस्थापकलाई पोशाक प्रदान गरिएको नेपाल ब्याडमिन्टन संघका उप–महासचिव लवभक्त श्रेष्ठले जनाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले आइतबार एक कार्यक्रमबीच खेल पोशाक हस्तान्तरण गरे ।