२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक अभियन्ता राधा मताङ्गीलाई भारतमा अवार्ड



अ+ अ-

काठमाडौं – सामाजिक क्षेत्रमा विगत २५ वर्षदेखि सक्रिय समाजसेवी राधा मताङ्गी भारतको बिहारमा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रममा Best NGO Award बाट सम्मानित भएकी छन् । उनी हाल सामुदायिक विकास केन्द्र नेपालकी अध्यक्ष हुन् ।

गरिब, असहाय, विपन्न, अपाङ्ग, विपद्‌पीडित तथा सीमान्तकृत समुदायको सेवामा समर्पित मताङ्गीले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, बाल संरक्षण, जीविकोपार्जन र सामुदायिक सशक्तीकरणका क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी छन्।

२०१५ सालको विनाशकारी भूकम्पपछि बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का समयमा सामुदायिक विकास केन्द्र नेपालले राहत, खाद्यान्न, अस्थायी आवास, स्वास्थ्य सेवा, मनोसामाजिक सहयोग तथा दीर्घकालीन पुनःस्थापनाका कार्यक्रममार्फत हजारौँ प्रभावित परिवारलाई सहयोग गरेको छ।

यसै क्रममा उनी भारतको बिहार राज्यको मधुबनीस्थित कृषि विज्ञान केन्द्रमा आयोजित १०औँ अन्तर्राष्ट्रिय सम्मेलन ‘Climate Smart Agriculture for Global Production and Food Security 2047’ मा सहभागी भएकी थिइन् । उक्त सम्मेलनमा सामुदायिक विकास केन्द्र नेपालको टोलीले विश्वभरिका विज्ञहरूसँग अनुभव साटासाट गर्दै जलवायु–अनुकूल र दिगो कृषि अभ्यासबारे महत्वपूर्ण ज्ञान हासिल गरेको जनाएको छ।

उक्त कार्यक्रममा मताङ्गीको निरन्तर सेवाभाव, विपद् व्यवस्थापनमा योगदान तथा सीमा पारिको मानवीय सहयोगको उच्च मूल्याङ्कन गर्दै आयोजक संस्थाले उनलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मान गरेको हो।

अवार्ड ग्रहणपछि प्रतिक्रिया दिँदै मताङ्गीले यो सम्मान आफ्नो मात्र नभई सम्पूर्ण टिम र सेवा लिएका समुदायहरूको भएको बताउँदै सामाजिक न्याय, विपद् तयारी र दिगो विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।