१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

मिथिलामा ‘लाई’ को मौसम

मिथिलामा ‘लाई’ को मौसम
अ अ+ अ-

महोत्तरी । तिलासक्रायत पर्व मनाइएको एक साता हुनै लागे पनि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगर थरौटीकी निर्मला चौधरीलाई अझै ‘लाई’ (तिल, चिउरा, मुरी र जुनेलोको भुजा सक्खरको खुँदोमा मिसाएर बनाइने लड्डु) तराईको विशेष मिष्टान्न परिकार बटार्ने चटारोले छाडेको छैन । तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्वको ‘सनेस’ (कोसेली) सबै ठाउँमा पठाइनसकिएको हुँदा निर्मलाको ‘लाई’ बटार्ने चटारो अझै रहेको हो ।

जिल्लाका थारु बस्तीमा यतिखेर निर्मला मात्र नभएर सबैजसो गृहिणी ‘लाई’ बटार्न व्यस्त छन् । पर्वको कोसेली नन्द/आमाजू, छोरी/भतिजी र दोसमहिम (मित/मितिनी) कहाँ पुर्याउनै पर्ने परम्पराले तराईमा तिलासक्रायत पर्वको ओहोरदोहोर र भेटघाटको क्रम माघभरि नै चल्ने गरेको छ ।

माघेसङ्क्रान्तिको दिन मात्र नभएर मिथिलामा माघभरि नै ‘लाई’को मौसम रहने गरेको छ । घरघरमा माघ १ गते तिलासक्रायत पर्व मनाइएसँगै अहिले पर्वविशेषको विशिष्ट परिकार ‘लाई’ नातेदारका घरमा ‘सनेस’ पुर्याउने परम्परा थेग्न अहिले यी परिकार बनाउन थारुसहितका मैथिल गृहिणी व्यस्त भएका हुन् । बाँसको विभिन्न रङले रङ्ग्याइएको डालामा चिउरा, मुरी र ‘लाई’ अनि माथि नयाँ वस्त्र (पुरुषका लागि धोती र गम्छा तथा महिलाका लागि सारी, साया र चोलोको कपडा), ‘सनेस’ मा पठाइने सामग्री यिनै हुन् । ‘सनेस’ का सामान घरका महिलाले ठिक पारेपछि पुर्याउन भने घरका पुरुष प्रतिनिधि जाने गर्छन् ।

“परब (पर्वं) कै दिन सानो छोराले सनेस छोरीकहाँ पुर्याएर आयो”, पर्व सकिएको एक साता पुग्नै लाग्दा पनि अझै तिल, चिउरा, जुनेलो र मुरीका ‘लाई’ बनाउन तन्मयसाथ लागि परेकी रामनगर बस्तीकै गृहिणी भुथरी चौधरी थारुले भन्नुभयो, “अब ननद (नन्द) र दोस्त (मित) को घरमा जान बाँकी छ, त्यसैले ‘लाई’ बटारी रहेकी छु ।” तिलासक्रायत पर्व सकिएपछि नाताकुटुम्ब र आफन्तकहाँ ‘सनेस’ लानै पर्ने आम प्रचलनले यहाँका थारुसहितका मूल तराईवासी सबैजसो जाति समुदायका घरमूली महिलालाई ‘लाई’ बटार्न ९डल्याउन, लड्डू बनाउन० भ्याइनभ्याई परेको हो ।

मिथिलामा माघभरि घरको खाजामा पनि मुरी, चिउरासँगै ‘लाई’ खाइने गरेकाले यो महिनाभरि घरघरमा यो परिकार बन्ने गरेको हो । पर्वमा घरका परिवारजन, छिमेकी र आफन्तलाई समेत ख्वाइने र यी परिकार हिउँदभरि नै खाजा खाइने परम्पराले पनि अहिले घरघरमा ‘लाई’ बनाउने मुख्य काम बनेको बर्दिवास नगरपालिका–१२ बिजलपुराकी गीतादेवी महतो बताउनुहुन्छ ।

खासगरी जाडो याममा सक्खर, घिउ र खुवाका परिकार खाँदा स्वास्थ्य ठिक रहने भएकाले छिप्पिँदो जाडोबीच माघे सङ्क्रान्तिदेखि फागुन १५ सम्म तिल, चिउरा, जुनेलो र मुरी मिसाएर बनाइने ‘लाई’ खाने, ख्वाउने प्रचलन मैथिल संस्कृतिको अङ्ग नै बनेको छ । पर्वविशेषले ‘सनेस’ को नाउँमा आफन्तसँग भेटघाट गराउने भावपक्ष समेटेको मैथिल संस्कृति र परम्पराका ज्ञाता बर्दिवास–२ का पण्डित महेशकुमार झाको भनाइ छ ।

अहिले यस क्षेत्रमा सबैजसो घरमा ‘लाई’ बन्दैछन्, बटारिँदै छन् । ‘सनेस’ पठाउने स्थापित परम्परा र आफ्नै घरको खानपिनमा रोजाइको परिकार बनेपछि मिथिलामा हिउँदभरि ‘लाई’को मौसम हुने गरेको बर्दिवास–९ पशुपतिनगरका सामाजिक कार्यकर्ता अमृतकुमार महतो बताउनुहुन्छ । माघभरि घरमा आउने अभ्यागत (पाहुना) लाई पनि खाजामा यसै परिकारले स्वागत गरिने गरिएको आम मैथिल बताउँछन् ।

मिथिलामा खासगरी वर्षभरि मनाइने पर्वमध्ये कात्तिक शुक्लपक्षमा मनाइने छठ पर्व र माघ एक गते मनाइने तिलासक्रायत पर्वको ‘सनेस’ आफन्तजनका घरमा पु¥याउने स्थापित परम्परा छ ।