७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको राष्ट्रिय सभा संसदीय दलको बैठक, एमसीसीवारे छलफल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदिय दलको बैठकले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा जानकारी लिएको छ ।

सोमबार सिंहदरबारमा बसेको संसदिय दलको बैठकमा सांसदहरुले एमसीसीका विषयमा देखिएका विवाद सम्बन्धमा मन्त्री ज्ञवालीसँग छलफल गरेका हुन । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले दल भित्र एमसीसीका विषयमा एउटै मत बनोस भन्ने उद्देश्यले छलफल गरिएको जानकारी दिनुभयो । बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो ‘राष्ट्रिय सभाको यो दलको बैठक हो ।

यसमा हामीले एमसीसीको बारेमा परराष्ट्र मन्त्रीसँग स्पस्ट हुन चाहेका थियौं उहाँले स्पस्ट पार्नुभयो । हामीले केही लागेका जिज्ञासाहरु सोध्यौं र उहाँले त्यसमा पनि स्पस्ट पार्ने काम गर्नुभएको छ र अब हामी यो विषयमा कम्तिमा पनि हाम्रो दलभित्र एउटै मत बनोस भन्ने हिसाबले प्रस्तुत भएका छौं । ’

सरकारले गरेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहायता सम्बन्धी सम्झौता पछिल्लो समय विवादीत बनेको छ । खासगरी अमेरिकाको इण्डोप्यासिफिक रणनीति भित्र एमसीसी रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै विवाद बढेको छ । पार्टीभित्र एमसीसीका विषयमा बढिरहेको विवाद समाधान गर्न र एमसीसीका विषयमा स्पष्ट हुन भन्दै नेकपाको राष्ट्रिय सभा संसदिय दलले परराष्ट्र मन्त्री ज्ञवालीसँग छलफल गरेको हो ।